८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सीप पहिचान तथा स-सम्मान पुनर्स्थापना गरिने

२३ फाल्गुन २०७८, सोमबार १०:३७

फागुन २३, हेटौंडा ।  वैदेशिक रोजगारीबाट फर्किएकाहरलाई हेटौंडा उपमहानगरपालिकाले ससम्मान पुनर्स्थापना गर्ने जनाएको छ । यसको लागि कार्यक्रम र बजेटको व्यवस्थापन गरिने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

हेटाडा उपमहानगरपालिकाको सिद्धार्थ माध्यामिक विद्यालयको सभाहलमा सुरक्षित अप्रवासन परियोजना सामी अन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख महतले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

यही अवसरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वैदेशिक रोजगारीबाट फर्केर आएका कामदारले वैदेशिक रोजगारीमा रहँदा सिकेको सीप, अनुभव र पूँजीलाई सही सदुपयोग गर्दै स्वदेशमै रोजगारी गर्नु अहिले आवश्यकता भएको बताउनुयभयो । उहाँले यसको प्रचार प्रसार गर्न र सुरक्षित वैदेशिक रोजगारीको प्रक्रियाको सूचना व्यापक बनाउन रिटर्नी श्रमिकहरुको महत्वपूर्ण भूमिका रहने पनि बताउनुभयो । यस्तै प्रजिअ पाण्डेले वैदेशिक रोजगारीमा हुने ठगीको उजुरी प्रजिअले हेर्ने हुनाले जिल्ला प्रशासन कार्यालयमा रहेको अप्रवासी श्रोत केन्द्रमा सिफारिश र सहयोग लिन आह्वान गर्नुभयो ।

कार्यक्रम आप्रवासी हकहित संरक्षण केन्द्र तदर्थ समिति मकवानपुरका रिमनी लामाको अध्यक्षता सम्पन्न भएको थियो । जिल्ला भेलामा सामी परियोजना हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल र  परियोजना संयोजक अन्जिता थापा पनि सहभागी हुनुहुन्थ्यो । सबै जनाले त्यहाँ सहभागी रिटर्नी श्रमिकहरुलाई वैदेशिक रोजगारीको परिवेश, सुरक्षित आप्रवासनको चक्र, सामी परियोजना र आप्रवासी कामदार सञ्जालको महत्वका बारे सहजीकरण गर्नुभयो ।

सामी परियोजना नेपाल सरको र स्वीस सरकारको संयुक्त परियोजना हो । यो परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल र मकवानपुरका चार स्थानीय सरकारको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ ।

यसै कार्यक्रमको अवसरमा उपमहानगरको सामाजिक विकास महाशाखाका प्रमुख तथा परियोजनाको सम्पर्क व्यक्ति विष्णुकुमारी लामिछानेले आउँदै गरेको स्थानीय तहको चुनावमा वैदेशिक रोजगारीका सवाल र फर्केर आएका कामदार लक्षित कार्यक्रमको योजना बनाउन निरन्तर पैरवी गर्न जानकारी गराउनुभयो । 

यस्तै मकवानपुरको दश वटै स्थानीय तहहरुको सहभागिता रहने गरी एघार सदस्यीय आप्रवासी हकहित संरक्षण केन्द्रको पूर्ण समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता