२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सीप पहिचान तथा स-सम्मान पुनर्स्थापना गरिने

२०७८, २३ फाल्गुन सोमबार १०:३७

फागुन २३, हेटौंडा ।  वैदेशिक रोजगारीबाट फर्किएकाहरलाई हेटौंडा उपमहानगरपालिकाले ससम्मान पुनर्स्थापना गर्ने जनाएको छ । यसको लागि कार्यक्रम र बजेटको व्यवस्थापन गरिने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

हेटाडा उपमहानगरपालिकाको सिद्धार्थ माध्यामिक विद्यालयको सभाहलमा सुरक्षित अप्रवासन परियोजना सामी अन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख महतले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

यही अवसरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वैदेशिक रोजगारीबाट फर्केर आएका कामदारले वैदेशिक रोजगारीमा रहँदा सिकेको सीप, अनुभव र पूँजीलाई सही सदुपयोग गर्दै स्वदेशमै रोजगारी गर्नु अहिले आवश्यकता भएको बताउनुयभयो । उहाँले यसको प्रचार प्रसार गर्न र सुरक्षित वैदेशिक रोजगारीको प्रक्रियाको सूचना व्यापक बनाउन रिटर्नी श्रमिकहरुको महत्वपूर्ण भूमिका रहने पनि बताउनुभयो । यस्तै प्रजिअ पाण्डेले वैदेशिक रोजगारीमा हुने ठगीको उजुरी प्रजिअले हेर्ने हुनाले जिल्ला प्रशासन कार्यालयमा रहेको अप्रवासी श्रोत केन्द्रमा सिफारिश र सहयोग लिन आह्वान गर्नुभयो ।

कार्यक्रम आप्रवासी हकहित संरक्षण केन्द्र तदर्थ समिति मकवानपुरका रिमनी लामाको अध्यक्षता सम्पन्न भएको थियो । जिल्ला भेलामा सामी परियोजना हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल र  परियोजना संयोजक अन्जिता थापा पनि सहभागी हुनुहुन्थ्यो । सबै जनाले त्यहाँ सहभागी रिटर्नी श्रमिकहरुलाई वैदेशिक रोजगारीको परिवेश, सुरक्षित आप्रवासनको चक्र, सामी परियोजना र आप्रवासी कामदार सञ्जालको महत्वका बारे सहजीकरण गर्नुभयो ।

सामी परियोजना नेपाल सरको र स्वीस सरकारको संयुक्त परियोजना हो । यो परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल र मकवानपुरका चार स्थानीय सरकारको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ ।

यसै कार्यक्रमको अवसरमा उपमहानगरको सामाजिक विकास महाशाखाका प्रमुख तथा परियोजनाको सम्पर्क व्यक्ति विष्णुकुमारी लामिछानेले आउँदै गरेको स्थानीय तहको चुनावमा वैदेशिक रोजगारीका सवाल र फर्केर आएका कामदार लक्षित कार्यक्रमको योजना बनाउन निरन्तर पैरवी गर्न जानकारी गराउनुभयो । 

यस्तै मकवानपुरको दश वटै स्थानीय तहहरुको सहभागिता रहने गरी एघार सदस्यीय आप्रवासी हकहित संरक्षण केन्द्रको पूर्ण समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु