२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

लागुऔषधसहित तीन युवा पक्राउ

२५ फाल्गुन २०७८, बुधबार ०३:३२

फागुन २५, पाल्पा । यहाँ लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ ।

बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो । प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन, एम्पुलडाइजेपाम दुई, पे्रथोजिम तीन एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज दुई थान फेला पारी मोटरसाइकल चालक घर्तीमगरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो ।

यसैबीच तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध१प १०४९ नंको मोटरसाइकल जाँच गर्दा  पुनसँग डाइजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनलाई हार्थोक प्रहरी चौकीको टोलीले जाँच गर्दा लागुऔषध ओसारपसार गरेको हो । श्रीष र घर्तीलाई पाल्पाबाट बुटबलतर्फ आगुऔषध लैजाने क्रममा प्रभाष प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने