2026-07-25 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ वर्षपछि जयबागेश्वरीमा शुक्रबारदेखि हरसिद्धि जात्रा सुरु हुने

चैत्र २४, काठमाडौं | काठमाडौँको जयबागेश्वरी २५ चैतदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । लामो समयदेखि १२/१२ वर्षमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन ।

जात्रा बाह्र वर्षपछि २५ देखि २८ चैतसम्म चार दिन जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलिप वैद्यले बताए । जात्रालाई सहज ढङ्गले सञ्चालन गर्नका लागि समिति गठन गरिएको छ । २०६६ सालदेखि जनसहभागिताबाट रकम सङ्कलन गरी जात्रा सञ्चालन गरिँदै आइरहेको छ ।

लामो समयसम्म रोकिएको जात्रा २०६६ सालबाट जनसहभागितामा जात्रा आयोजना गर्दै आइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलीप वैद्यले बताए । यसपटक जात्राका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेको वैद्यले बताए । 

२५ चैत दिउँसोबाट जात्रा विधिवत् रूपमा सुरूवात गरि २६ र २७ गते हरसिद्धि डबली, जयबागेश्वरी डबलीमा नाच प्रदर्शन गरिनेछ । यस्तै २८ चैतमा हरसिद्धिको पूजापश्चात जात्रा सम्पन्न हुनेछ । 

त्रिशक्ति हरसिद्धिको बास बसुञ्जेल अन्य बाजा बजाउन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ । 

हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ । काठमाडौँको जयबागेश्वरी ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको क्षेत्र हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक