१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मेलौली नगरपालिकाका टोलहरुमा बिद्युत विस्तार हुदैँ

२६ चैत्र २०७८, शनिबार ०६:४०

चैत्र २६, बैतडी | बैतडीको मेलौली नगरपालिकाका गाउँटोलहरुमा विद्युतसेवा सुचारु हुन थालेको छ । यसअघि सलेना बजार  आसपासका क्षेत्रमा मात्रै विद्युत सुचारु भएकोमा शुक्रबार लिखोडामा समेत टान्सफर्मर राखिएसंगै गाउँटोलहरुमा विद्युत सेवा सुचारु भएको हो । 

गाउँमा विद्युत सुचारु भएसँगै अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयबासी मान बहादुर चन्दले बताए । विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाईल चार्ज गर्न, टिभि तथा कम्युटर चलाउन सहज हुने उनले बताए । 

गाउँमा विद्युत विस्तार भएसंगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन् । 

मेलौली केही टोलहरुमा विद्युत विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए । सलेनाका सबैभन्दा बढी बस्ती रहेका गाउँहरु लोर्खा र भोरामा ५सय मिटर तार अभावका कारण विद्युत सेवा सुचारु हुन सकेको छैन् । 

पोल गाडिएका उक्त टोलहरुका लागि पटक पटक तारको माग गरे पनि नपाएको मेलौली २का वडाअध्यक्ष महेन्द्र चन्दले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल