भदौ १६, काठमाडौँ । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ । 

ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौँ । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ । 

ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा

१६ भाद्र २०७३, बिहीबार ०५:२४

भदौ १६, काठमाडौँ । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ । 

ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विभिन्न कारणले जोर्नीले कामगर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा सेन्टरमा विभिन्न दुर्घटनामा परी आएका बिरामीको पनि कहिलेकाहीँ प्रत्यारोपण गर्नुपर्ने हुनाले हामीले यो सेवा सुरु गरेका हौँ ।’’ 

सेवा सुरु भएपछि तीनजनाको घँुडा र नितम्ब प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । उहाँले तीमध्ये एकजना गत वर्षको भूकम्पमा लडेर जोर्नी भाँचिएका बिरामीको जोर्नी प्रत्यारोपण गरिएको थियो । 

खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । जोर्नी प्रत्यारोपण गर्न रु ६० हजारदेखि करिब रु तीन लाखसम्म पर्ने डा गिरीले बताउनुभयो । उहाँका अनुसार शल्यक्रिया शुल्क सस्तो भएपनि कृत्रिम जोर्नी किन्न बढी मूल्य पर्ने भएकाले यो सेवा महँगो भएको हो । 

प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्नु हुँदैन । पलेटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रने, धेरै उकालो–ओरालो हिँड्ने, रूख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ । 

नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेका छन् । 

प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनः संशोधन शल्यक्रिया (रिभिजन अर्थोप्लास्टी) बाट कामलाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष औजार तथा सुविधालगायत प्रक्रिया आवश्यक हुन्छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव