भदौ १९, पर्बत | हिमालय क्लब बाटुलेचौरको आयोजनामा एतिहासिक बाटुलेचौर तिज मेला २०७३ कार्यक्रम जारी छ । हाम्रो संस्कृति हाम्रो पहिचान, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, पर्बत | हिमालय क्लब बाटुलेचौरको आयोजनामा एतिहासिक बाटुलेचौर तिज मेला २०७३ कार्यक्रम जारी छ । हाम्रो संस्कृति हाम्रो पहिचान, "/>
२०८२, २८ चैत्र शनिबार
पर्बत - PBT

एतिहासिक बाटलेचौर तिज मेला २०७३ द्धारा भण्डारी सम्मानित

२०७३, १९ भाद्र आईतवार ०३:३३

भदौ १९, पर्बत | हिमालय क्लब बाटुलेचौरको आयोजनामा एतिहासिक बाटुलेचौर तिज मेला २०७३ कार्यक्रम जारी छ । हाम्रो संस्कृति हाम्रो पहिचान, आफ्नो भाषा भेष राष्ट्रिय अभिमान भन्ने नाराका साथ भइरहेको तिज मेलाको तेस्रो दिन आज विभिन्न व्यक्तिहरु, संघसंस्था र स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद, भुपू जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याले डिना तिज महिलाहरुको साँझा पर्व भएको र यसलाई महिलाहरुले मात्रै नभएर समान शक्तिको रुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरु आजपनि अपमान सहेर बस्न बाध्य भएको भन्दै आगामी दिनहरुमा हरेक निर्णय गर्ने क्रममा महिलाहरुको भुमिका अगाडि हुनुपर्नेमा जोड दिनुभयो । यसका साथै उहाँले घर सम्हाल्ने महिलाले देश पनि सम्हाल्न सक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा क्रियाशिल महिला पत्रकारबाट रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर बिमला भण्डारी, भुतपुर्व खेलाडि जुमप्रसाद गुरुङ्ग, श्री विन्ध्यावासिनी मावि बाटुलेचौर, गायिका तुलसा क्षेत्री र अम्बिका बानियाँलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर बिमला भण्डारीले कुनै पनि कार्यक्षेत्रमा लाग्न महिलाहरुलाई पारिवार र सामाजको समान साथ रहनुपर्ने बताउनुभयो । कुनैपनि कार्य गर्नको लागि इच्छा शक्ति भए महिलाहरु पनि सफल हुन सक्ने भण्डारीको भनाई थियो  ।

विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारी सञ्चारिका समुह पश्चिमाञ्चलका उपाध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

त्यस्तै उक्त कार्यक्रममा राजन कार्की, रामजी पौडेल, निशा पोखरेल, पार्वति जि.सी, सरस्वती लामिछानेलगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्वय संस्थाका अध्यक्ष्य जिवनारायण श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मोहन थापाले गर्नुभएको थियो । सोही मेला अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु प्नि सञ्चालन भईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ