भदौ १९, पर्बत | हिमालय क्लब बाटुलेचौरको आयोजनामा एतिहासिक बाटुलेचौर तिज मेला २०७३ कार्यक्रम जारी छ । हाम्रो संस्कृति हाम्रो पहिचान, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, पर्बत | हिमालय क्लब बाटुलेचौरको आयोजनामा एतिहासिक बाटुलेचौर तिज मेला २०७३ कार्यक्रम जारी छ । हाम्रो संस्कृति हाम्रो पहिचान, "/>
१ माघ २०८२, बुधबार
पर्बत - PBT

एतिहासिक बाटलेचौर तिज मेला २०७३ द्धारा भण्डारी सम्मानित

१९ भाद्र २०७३, आईतवार ०३:३३

भदौ १९, पर्बत | हिमालय क्लब बाटुलेचौरको आयोजनामा एतिहासिक बाटुलेचौर तिज मेला २०७३ कार्यक्रम जारी छ । हाम्रो संस्कृति हाम्रो पहिचान, आफ्नो भाषा भेष राष्ट्रिय अभिमान भन्ने नाराका साथ भइरहेको तिज मेलाको तेस्रो दिन आज विभिन्न व्यक्तिहरु, संघसंस्था र स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद, भुपू जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याले डिना तिज महिलाहरुको साँझा पर्व भएको र यसलाई महिलाहरुले मात्रै नभएर समान शक्तिको रुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरु आजपनि अपमान सहेर बस्न बाध्य भएको भन्दै आगामी दिनहरुमा हरेक निर्णय गर्ने क्रममा महिलाहरुको भुमिका अगाडि हुनुपर्नेमा जोड दिनुभयो । यसका साथै उहाँले घर सम्हाल्ने महिलाले देश पनि सम्हाल्न सक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा क्रियाशिल महिला पत्रकारबाट रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर बिमला भण्डारी, भुतपुर्व खेलाडि जुमप्रसाद गुरुङ्ग, श्री विन्ध्यावासिनी मावि बाटुलेचौर, गायिका तुलसा क्षेत्री र अम्बिका बानियाँलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर बिमला भण्डारीले कुनै पनि कार्यक्षेत्रमा लाग्न महिलाहरुलाई पारिवार र सामाजको समान साथ रहनुपर्ने बताउनुभयो । कुनैपनि कार्य गर्नको लागि इच्छा शक्ति भए महिलाहरु पनि सफल हुन सक्ने भण्डारीको भनाई थियो  ।

विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारी सञ्चारिका समुह पश्चिमाञ्चलका उपाध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

त्यस्तै उक्त कार्यक्रममा राजन कार्की, रामजी पौडेल, निशा पोखरेल, पार्वति जि.सी, सरस्वती लामिछानेलगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्वय संस्थाका अध्यक्ष्य जिवनारायण श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मोहन थापाले गर्नुभएको थियो । सोही मेला अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु प्नि सञ्चालन भईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव