भदौ १९, गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार हिजो राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार हिजो राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु

२०७३, १९ भाद्र आईतवार ०४:३३

भदौ १९, गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार हिजो राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका–१० स्थित मरहा खोला तर्न लाग्दा खोलामा अचानक आएको बाढीले बर्दिबास–१० बस्ने विमल बुलनका छोरा १० वर्षीय मानव बुलनलाई बगाउँदा उनको मृत्यु भएको हो । 

त्यस्तै गएराति नै ८ बजेतिर जिल्लाको औरही बजारबाट घर फर्किने क्रममा रातु खोला तर्दै गरेकी पशुपतिनगर गाविस–६ बस्ने बिर्जु महराकी पत्नी ५० वर्षीया पवित्रा महरालाई सो खोलामा अचानक आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

खोला तर्ने बेलामा अचानक आएको बाढीले बगाएर लगेका बुलनको शव प्रहरीले बर्दिबास–१२ स्थित खोलामा फेला पारेको थियो भने महिला महराको शव जिल्लाको सीतापुर भङ्गहा–३ स्थित सोही खोलामा फेला पारेको थियो । मृतक दुवैजनाको शव आज बिहान शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार