१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

क्यान्सर पीडितलाई परदेशीएका अर्घाखाँचीवासीको सहयोग

१४ जेष्ठ २०७९, शनिबार १२:२३

जेठ १४, अर्घाखाँची | क्यान्सर रोगबाट पीडित अर्घाखाँचीका एक बिरामीका लागि रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका अर्घाखाँचीवासी युवाले आर्थिक सहयोग गरेका छन् ।

सन्धिखर्क नगरपालिका-१० बेल्टारी घर भई सन्धिखर्कमा बसोबास गर्दै आएका क्यान्सर पीडित प्रेमबहादुर थापालाई अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले आर्थिक सहयोग गरेको हो ।

मञ्चका अध्यक्ष रञ्जित क्षत्री,  महासचिव दामोदर भुसाल, कोषाध्यक्ष हरि कुँवरसहितले थापाको घरमै पुगेर नगद १० हजार आर्थिक सहयोग गरेका हुन् ।

फोक्सोको क्यान्सरबाट थलिएका ४० वर्षीय थापाको काठमाडौं हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा किमो चलिरहेको छ । थापाका श्रीमती, दुई छोरी र ६ महिनाका एक छोरा रहेका छन् ।

यस्तै थापालाई आज नै सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूहले समेत सहयोग गरेको छ । समूहका तर्फबाट प्रकाश भुसालले नगद पाँच हजार एक सय हस्तान्तरण गरेका हुन् ।

लामो समय कतारमा मजदुरी गरेर केही वर्षअघि अर्घाखाँची फर्किएका थापाले सन्धिखर्कमा इलेक्ट्रिक पसल सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल