३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सम्राटलाई आरुको रुखमै झम्टेर लगेकाे थियो चितुवाले

१६ जेष्ठ २०७९, सोमबार ०६:२९

जेठ १६, अर्घाखाँची | सन्धिखर्क-४ अमलडाँडामा रहेको मावली घर बसेर पढ्दै गरेका सम्राट नेपाली बिहीबार स्कुलबाट घर आउनासाथ आरू टिप्न बारीतर्फ लागे । आरू टिपेर प्लास्टिक भरे । घर लगेर आरू खाने तयारीका साथ फर्कने सुर गरेका उनी आरुको रुखमै चितुवाको सिकार बने । आरुको रुखबाटै चितुवाले झम्टिएर लगेका नेपालीको शव सोही राति करिब ८ बजे क्षतविक्षत अवस्थामा फेला परेको छ ।

नेपालीले आरूले भरेर राखेको प्लाष्टिक अझै पनि बोटमा झुन्डिएको छ । आरू  प्लास्टिकमा झुन्डिएको  दृश्यले जोकोहीको पनि आँखा रसाउँछन् । गुल्मी रेसुंगा नगरपालिका  घर भएका सम्राट दुई वर्षदेखि आमा र दिदीसँग मावली घर बस्दै आएका थिए । आठ वर्षीय बालक स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।


तीन महिनाअघि बालक नेपालीका बुवाको जीवन नेपालीको भिरबाट लडेर ज्यान गएको थियो । बुवालाई गुमाएको तीन महिनामै आठ वर्षको छोरालाई गुमाउनुपर्दा नेपाली परिवार यतिवेला विक्षिप्त बनेकाे छ । दिउँसै बालक चितुवाको सिकार बनेपछि यस क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक त्राससमेत बढेको छ । विद्यार्थीहरू विद्यालय जानसमेत डराउन थालेका छन् । 

अर्घाखाँचीमा चितुवाले बालबालिका खाएको यो नौलो घटना भने होइन । विगतका वर्षहरूमा अर्घाखाँची जिल्लाको सन्धिखर्क, किमडाँडा, ढिकुरालगायतका स्थानमा चितुवाको आक्रमणबाट दर्जनौं बालबालिकाको ज्यान गइसकेको छ । चितुवा बुढो भएपछि वनमा सिकार खेल्न नसक्ने भएकाले सजिलो बाटोमा लागेको विज्ञहरू बताउँछन् । चितुवाको आक्रमणबाट बच्नका लागि घर नजिकका झाडी बुट्यान सफा गर्न र साँझ परेपछि बालबालिकालाई एक्लै नछाड्न विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन