१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यातायात कार्यालय गण्डकीले भन्योः हामीसँग क्षमता छैन, अहिले इम्बोस्ड जडान गर्न नआउनू

२४ जेष्ठ २०७९, मंगलवार १०:१४

जेठ २४, पोखरा | यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । मंगलबार एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो ।

पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप बढेको भन्दै पुराना गाडीका सवारीधनी कार्यालय नआउन भनिएको छ ।

‘अहिले सेवाग्राहीको चाप अधिक बढेको छ । कार्यालयमा विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अरु उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० वटासम्म मात्रै बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘कार्यालय परिसरमा सवारीसाधन पार्किङको पनि समस्या रहेकाले सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि यस कार्यालयबाट नयाँ तथा सरुवा दर्ता भई आउने सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गर्ने सूचना अनुरोध छ ।’

सरकारले हतारमा इम्बोस्ड नम्बर फेर्न उर्दी जारी गरेपछि पोखराका संघसंस्थाले विरोध जनाएका छन् । उद्योग वाणिज्य महासंघ र उपभोक्ता मञ्च गण्डकीले संयुक्त विज्ञप्ति जारी गरी इम्बोस्ड नम्बर प्लेट फेर्ने निर्णय बदनियतपूर्ण भएको भन्दै सच्याउन आग्रह गरेका छन् । विरोध बढेपछि कार्यालयले सूचना निकालेर नयाँ व्यवस्था नहुँदासम्म पुराना गाडीमा प्लेट नफेरिने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो