भदौ २०, मकवानपुर  । भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । 

भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, मकवानपुर  । भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । 

भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

१२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता

२० भाद्र २०७३, सोमबार १२:५६

भदौ २०, मकवानपुर  । भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । 

भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका ११ जिल्ला मध्ये मकवानपुरमा अन्य जिल्लाको अनुपातमा कम लाभग्राहीसँग सम्झौता भएको हो । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार आजसम्ममा मकवानपुरमा १२ हजार एक सय ९३ लाभग्राहीसँग सम्झौता भएको छ । मन्त्रालयका अनुसार सम्झौता भएका जिल्लामध्ये सबैभन्दा कम संख्यामा अनुदानको पहिलो किस्ता वापतको रकम बुझ्ने जिल्लामा मकवानपुर परेको छ । 

मकवानपुरमा ३० हजार दुई सय ३८ लाभग्राही रहेका छन् । मकवानपुरमा एक हजार तीन सय ६८ लाभग्राहीले पहिलो किस्तावापतको ५० हजार बुझेका छन् । सबैभन्दा कम लाभग्राही रहेका रसुवाका दुई हजार ८९० जनाले पहिलो किस्तावापतको रकम लिसकेका छन् । 

११ जिल्ला मध्ये सबैभन्दा बढी मकवानपुरमा गुनासो दर्ता भएको छ । स्थानीय विकास मन्त्रलायले मकवानपुरमा हालसम्म २५ हजार ६ सय सात वटा गुनासो दर्ता भएको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का