असार ८, पोखरा | पोखराको प्रतिव्यक्ति आय एक हजार ६०५ अमेरिकी डलर छ । यहाँका २८ हजार २१५ व्यावसायिक इकाइबाट एक लाख ४ हजार ४६९ जनाले रोजगारी पाएको तथ्यांक निकालिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, पोखरा | पोखराको प्रतिव्यक्ति आय एक हजार ६०५ अमेरिकी डलर छ । यहाँका २८ हजार २१५ व्यावसायिक इकाइबाट एक लाख ४ हजार ४६९ जनाले रोजगारी पाएको तथ्यांक निकालिएको छ ।

२०८२, २६ चैत्र बिहीबार
कास्की - KSK

पोखरा महानगरले ४० वर्षमाथिका सबैलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिदिने, कोत्रे-विरौटा वाइपास रोड बना

२०७९, ८ असार बुधबार ०९:४४

असार ८, पोखरा | पोखराको प्रतिव्यक्ति आय एक हजार ६०५ अमेरिकी डलर छ । यहाँका २८ हजार २१५ व्यावसायिक इकाइबाट एक लाख ४ हजार ४६९ जनाले रोजगारी पाएको तथ्यांक निकालिएको छ ।

आर्थिक गतिविधिमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत छ भने ३१ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । पोखरामा बर्सेनि ५ प्रतिशत सहरीकरण बढ्ने गरेको आँकडा निकालिएको छ । हालसम्म एक हजार ५३५ किलोमिटर सडक सन्जाल रहेकोमा ४१ प्रतिशत कालोपत्रे र ७ प्रतिशत कंक्रिट बाटो छ भने बाँकी कच्ची सडक छन् ।


आगामी वर्षको नीति तथा कार्यक्रममा दीगो र पर्यावरणमैत्री विकास र सामाजिक न्याय एवं सुशासन र प्रविधिलाई जोड दिइएको छ । ५ वर्षभित्र पोखरालाई कम्तिमा दूध, फुल, तरकारी र माछा मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको छ ।

पशु उत्पादन बढाएर पशु हाटबजारमार्फत बेच्ने वातावरण निर्माण गर्ने मेयर धनराज आचार्यले बताए । महानगरमा रहेका बेरोजगारलाई रोजगारी प्रदान गर्न महानगर विशेष स्वरोजगार कार्यक्रम सन्चालन गर्ने, महानगरका विकासलाई रोजगारीसँग जोड्ने उनले बताए । हरेक वर्षको पहिलो ६ महिनामा तीन हजार रोजगारी थप गर्ने योजना सहित प्लस टू सकेका विद्यार्थीलाई होटल म्यानेजमेण्ट लगायत विभिन्न तालिम दिने महानगरले जनाएको छ ।

महानगरका ३३ वटै वडामा कम्तिमा एउटा सहकारी, एक उत्पादन कार्यक्रम सन्चालन गर्ने नीति छ । पोखराको जेठोबुढो चामललाई ब्राण्डिङ गरेर बजार प्रवर्द्धन गर्ने, पोखरामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनेदेखि प्याराग्लाइडिङको वैकल्पिक सन्चालनका लागि पहल गर्ने तथा हिमागृह र रत्नमन्दिरलाई व्यवसायिक हिसावले खुला गर्ने महानगरको नीति छ ।

नगरभित्र व्यवस्थित क्रिकेट खेलमैदान र गल्फकोर्ष निर्माणको सम्भाव्यता अध्ययन गर्ने, आउँदो वर्ष कम्तिमा चारवटा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ । चार वर्षभित्रमा सुविधासम्पन्न मेट्रो अस्पताल निर्माण र सन्चालन गर्ने कार्यक्रम पनि पोखराले समेटेको छ ।

विपन्न र न्यून आए भएकालाई जन्मेको दुई वर्षसम्म पोषणभत्ता उपलब्ध गराउने, विवाह र मृत्युदर्ताबापत प्रोत्साहन भत्ता दिने कार्यक्रम छ । जन्मदर्ता गर्दा ६ महिनासम्म न्यून आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रम समेत समावेश गरिएको छ ।

यस्तै, ४० वर्षमाथिका सबै नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामा हुने मृत्युको डेथ अडिटको व्यवस्था गर्ने, हरेक वर्ष महानगर पिता र महानगर माता घोषणा गरी सम्मान गर्ने कार्यक्रम बनाइएको छ । पोखराले पूर्वाधारतर्फ विशेष जोड दिएको छ ।

कोत्रेदेखि विरौटासम्मको सडकलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गको वाइपास तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा निर्माण गर्न लागिएको छ । पोखराका प्रमुख चोक, पेट्रोल पम्पहरुमा विद्युतीय चार्जिङ स्टेसन बनाउने, दुई वर्षभित्रमा टेलिफोन र अन्य तार हटाएर भूमिगत रुपमा अप्टिकल फाइवर जडान गर्ने, विजुलीका तार भूमिगत गर्ने नीति ल्याएको छ । आगामी वर्षभित्र पृथ्वीचोकमा अण्डरपास र फ्लाई ओभरको सम्भाब्यता अध्ययन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी