२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्रागन फुड खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै

२०७९, १४ असार मंगलवार ०५:४८

असार १४, बारा | बाराको निजगढ नगरपालिका-७ भमराटोलमा नेकपा एमाले मधेश प्रदेश सदस्य तथा किसान एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फुड खेतीमा सफलता प्राप्त गर्दै गएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी खुसी देखिएका छन् ।

जिल्लाकै पहिलो व्यवसायको रूपमा श्रेष्ठले हेर्दै रहरलाग्दो, आर्गानिक तथा मिठो फल ड्रागन खेती सुरु गरेका थिए । निजगढका अगुवा तथा मेहनती किसान श्रेष्ठले करिब २२ लाखको लागतमा ४०० बोट ड्रागन फुड १५ कठ्ठामा लगाएर व्यवसायको रूपमा ड्रागन फुडको खेती सुरु गरेका हुन् ।


श्रेष्ठका अनुसार जुनसुकै माटो र माैसम समेत ड्रागन फुडको लागि उपयुक्त हुने उनले बताए । ड्रागन फुड खेतीको प्रति कठ्ठामा ५० वटा सिमेन्टको पिल्लर आवश्यक पर्ने हुन्छ । एउटा पिल्लरमा करिब ३ देखि ५ वटा ड्रागन फुडको बाेट छन् । अहिले श्रेष्ठको १५ कठ्ठा आफ्नै बारीमा ४०० बोट ड्रागन फुडका बोटहरू छन् । करिब २५० वटा बोटहरू फूल फुल्ने र फल फल्ने क्रममा रहेका छन् । श्रेष्ठले ड्रागन फुडका साथमा अहिले खोर्सानी, भिण्डी र काँक्रोसमेत लगाएका छन् ।

श्रेष्ठका अनुसार प्रति कठ्ठाबाट वार्षिक कम्तीमा एक लाख ५० हजारसम्म आम्दानी हुने र यसको उत्पादनसँगै एकै ठाउँमा सानो बाेट हुने तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन सफल भएको श्रेष्ठले बताए ।


कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै व्यावसायिक ड्रागन फुड खेतीमा उनी रमाइरहेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने, युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन फुड खेतीको सुरुवात गरिएको र ड्रागन फुडको उत्पादनभन्दा बजारमा माग बढी रहेको बताए ।

बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको र सबैलाई यो फल चाख्न भ्याइ नभ्याइ भएको देख्दा भने खुसी लागेको श्रेष्ठले बताए ।

पहिलो लटमा लगभग ७० हजार रूपैयाँको फल बेचेको उनले बताए । श्रेष्ठका अनुसार फूल फुलेको ३० औं दिनमा फल पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।


गर्मी समयको वैशाखदेखि मंसिरसम्म मुख्य रूपमा फल दिने ड्रागन फुड वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । श्रेष्ठको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनको लागि पनि कोपिला बसिसकेको छ ।

ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । श्रेष्ठको बारीबाटै प्रतिकेजी ५०० देखि ६०० सम्ममा बिक्री हुने गरेको छ । श्रेष्ठको बारीको आकर्षक ड्रागन फुड हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका छन् ।

एक पटक बिरूवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको श्रेष्ठले सुनाए ।

थोरै लागानीबाट व्यवसायी सुरु गर्न सकिने भएपछि ड्रागन फुड खेती गर्ने बाराका कृषकहरु बढ्न थालेको छ । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि ड्रागन फुड खेतीमा कृषकको आकर्षण बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा