२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा व्यक्तिले भोगचलन गर्दै आएको एक अर्ब मूल्यको जग्गा सरकारको स्वामित्वमा रहेको ठहर

१४ असार २०७९, मंगलवार ०७:०६

असार १३, पोखरा | पोखराको न्यूरोडस्थित ५ रोपनी जग्गाको विवाद अदालतले सुल्झाएको छ । चलनचल्तीको मूल्यमा एक अर्बभन्दा बढी रकम पर्ने सो जग्गा लामो समयदेखि व्यक्तिले भोगचलन गर्दै आएका थिए । कास्की जिल्ला अदालतले सो जग्गा सरकारको नाममा हुने फैसला गरेको छ । यद्यपि उक्त जग्गामा अहिले पनि व्यक्तिले भाडा उठाइरहेका छन् ।

कास्की जिल्ला अदालतमा दोभासे राखिँदै | Radio Nepal | रेडियो नेपाल

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उक्त जग्गामा पोखरा उपत्यका नगर विकास समितिको दाबी पुग्ने फैसला गरेका हुन् । अदालतका सूचना अधिकारी नील पनेरुका अनुसार उक्त जग्गामा पोखरा–४ का राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाको दाबी थियो ।

तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पालामा २०३२ सालमा पोखरा नगर योजना कार्यान्वयन समितिले करुणानिधि कोइराला र खेमलाल कोइराला सहित ४१ जनाको जग्गा अधिग्रहण गरी न्युरोडमा जग्गा विस्तार तथा विकास गरेको थियो ।

अधिग्रहणबाट बचेको जमिन आफूहरुकै हुनुपर्ने दाबी कोइरालाहरूको थियो । त्यसविरुद्ध नागरिक समाजका विष्णु बराल, परशुराम बराल र डिल्लीराम अधिकारीले मुद्दा हालेका थिए ।

उतिबेलाको नगर योजना कार्यान्वयन समितिको उत्तराधिकार संस्था पोखरा उपत्यका नगर विकास समितिले पनि जमिन कोइरालाहरूको नभइ समितिको हुनुपर्ने दाबीसहित मुद्दा हालेको थियो । अहिले यो समितिको अध्यक्ष पोखरा महानगरपालिकाका मेयर हुने व्यवस्था छ ।

३२ सालको सर्तनाममा समितिले जग्गा विकास गरी आधा जग्गा धनीहरुलाई उपलब्ध गराउने र आधा समितिको हुने लिखित रहेको र त्यसकै आधारमा अरुको जमिन सार्वजनिक भइसकेको दाबी नागरिक समाजका प्रतिनिधिले गर्दै आएका थिए । कोइरालाहरूले पाउनुपर्ने आधा जमिन अर्थात ५ रोपनी २०३७ सालमै अरुलाई बिक्री गरेका थिए । बाँकी जमिनमा फेरि उनीहरुको दाबी थियो । कित्ता नम्बर ११६८ को उक्त जमिन पोखराको चल्तीको बजार न्युरोडमा महानगरपालिका कार्यालय नजिकै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य