२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा व्यक्तिले भोगचलन गर्दै आएको एक अर्ब मूल्यको जग्गा सरकारको स्वामित्वमा रहेको ठहर

२०७९, १४ असार मंगलवार ०७:०६

असार १३, पोखरा | पोखराको न्यूरोडस्थित ५ रोपनी जग्गाको विवाद अदालतले सुल्झाएको छ । चलनचल्तीको मूल्यमा एक अर्बभन्दा बढी रकम पर्ने सो जग्गा लामो समयदेखि व्यक्तिले भोगचलन गर्दै आएका थिए । कास्की जिल्ला अदालतले सो जग्गा सरकारको नाममा हुने फैसला गरेको छ । यद्यपि उक्त जग्गामा अहिले पनि व्यक्तिले भाडा उठाइरहेका छन् ।

कास्की जिल्ला अदालतमा दोभासे राखिँदै | Radio Nepal | रेडियो नेपाल

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उक्त जग्गामा पोखरा उपत्यका नगर विकास समितिको दाबी पुग्ने फैसला गरेका हुन् । अदालतका सूचना अधिकारी नील पनेरुका अनुसार उक्त जग्गामा पोखरा–४ का राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाको दाबी थियो ।

तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पालामा २०३२ सालमा पोखरा नगर योजना कार्यान्वयन समितिले करुणानिधि कोइराला र खेमलाल कोइराला सहित ४१ जनाको जग्गा अधिग्रहण गरी न्युरोडमा जग्गा विस्तार तथा विकास गरेको थियो ।

अधिग्रहणबाट बचेको जमिन आफूहरुकै हुनुपर्ने दाबी कोइरालाहरूको थियो । त्यसविरुद्ध नागरिक समाजका विष्णु बराल, परशुराम बराल र डिल्लीराम अधिकारीले मुद्दा हालेका थिए ।

उतिबेलाको नगर योजना कार्यान्वयन समितिको उत्तराधिकार संस्था पोखरा उपत्यका नगर विकास समितिले पनि जमिन कोइरालाहरूको नभइ समितिको हुनुपर्ने दाबीसहित मुद्दा हालेको थियो । अहिले यो समितिको अध्यक्ष पोखरा महानगरपालिकाका मेयर हुने व्यवस्था छ ।

३२ सालको सर्तनाममा समितिले जग्गा विकास गरी आधा जग्गा धनीहरुलाई उपलब्ध गराउने र आधा समितिको हुने लिखित रहेको र त्यसकै आधारमा अरुको जमिन सार्वजनिक भइसकेको दाबी नागरिक समाजका प्रतिनिधिले गर्दै आएका थिए । कोइरालाहरूले पाउनुपर्ने आधा जमिन अर्थात ५ रोपनी २०३७ सालमै अरुलाई बिक्री गरेका थिए । बाँकी जमिनमा फेरि उनीहरुको दाबी थियो । कित्ता नम्बर ११६८ को उक्त जमिन पोखराको चल्तीको बजार न्युरोडमा महानगरपालिका कार्यालय नजिकै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी