२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा

१७ असार २०७९, शुक्रबार ०८:३७

असार १७, नेपालगञ्ज | बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२  भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सो कन्टेनरमा २५ किलोको २५० बोरा अफिम सिड (पोष्टर दाना) नियन्त्रणमा लिएको हो ।

सीमा प्रहरी कार्यालय जमुनहा प्रहरीका इन्चार्ज माधव रिजालका अनुसार नियन्त्रणमा लिएको गाडीको चेकजाँचको क्रममा बन्द बडीभित्र फल्स बटम बनाई लोड गरिएको २५० बोरा सेतो धुलो जस्तो देखिने पदार्थ फेलापरेको बताए । 

‘सूचनाको आधारमा भारततर्फ जाने गाडिमाथि कडा निगरानी राखेको अवस्थामा आरजे ०९ जिबि ४५४२ नं.को बन्दबडीको ट्रक आएको चेकजाँचको क्रममा ड्राइभर गाडीको चाबी छाडेर भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा सो माल बरामद भएको हो’, उनले भने । 

पोष्टर दाना अफिमको बिउ रहेको र यो लागु औषधको रुपमा नभए पनि बजार मूल्य २५ केजीको प्रति बोराको करिब ५० हजार पर्ने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान