भदौ २२, झापा । झापामा शुद्ध खानेपानीमा ८२ प्रतिशत जनताको पहुँच विस्तार भएको दाबी गरिएको छ । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा झापाको कुल जनसङ्ख्या मध्ये ८२.५० प्रतिशत जनताको शुद्ध पिउने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, झापा । झापामा शुद्ध खानेपानीमा ८२ प्रतिशत जनताको पहुँच विस्तार भएको दाबी गरिएको छ । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा झापाको कुल जनसङ्ख्या मध्ये ८२.५० प्रतिशत जनताको शुद्ध पिउने"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका ८२ प्रतिशत जनता शुद्ध खानेपानीको पहुँचमा

२२ भाद्र २०७३, बुधबार १०:५५

भदौ २२, झापा । झापामा शुद्ध खानेपानीमा ८२ प्रतिशत जनताको पहुँच विस्तार भएको दाबी गरिएको छ । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा झापाको कुल जनसङ्ख्या मध्ये ८२.५० प्रतिशत जनताको शुद्ध पिउने पानीमा पहुँच भएको तथ्य सहित दाबी गरेको हो ।

३३ गाउँ विकास समिति र ८ वटा नगरपालिका रहेको झापामा ८ लाख १२ हजार ६ सय ५० जनसङ्ख्या रहेकोमा ८२.५० प्रतिशतले आधारभूत स्वास्थ्यका लागि उपयोगी शुद्ध पानी पिउने वातावरण रहेको कार्यालयले जनाएको छ । 

कार्यालयले वातावरणीय स्वास्थ्यका लागि खुला दिशामुक्त अभियान सञ्चालन गर्दै ५ वटा गाविस खुला दिशामुक्त बनाइ सकेको छ भने बाँकी गाविस तथा नगरपालिका आर्थिक वर्ष २०७३/०७४ को अन्त्यसम्ममा खुला दिशामुक्त हुने गरी काम अगाडि बढिरहेको कार्यालय प्रमुख चोकप्रसाद धितालले जानकारी दिए । प्रमुख घितालका अनुसार झापाका दुवागढी, खुदुनावारी, धाइजन, बुधवारे र जलथल गाविस खुला दिशामुक्त भइसकेका छन् ।

अहिले पनि झापामा २२.४१ प्रतिशत घरधुरी सङ्ख्या चर्पीविहीन छन् भने १७.५० प्रतिशत जनता शुद्ध पिउने पानी सेवाबाट टाढा रहेको पाइएको छ । सन् २०१६ भित्र आधारभूत स्वास्थ्यका लागि शुद्ध पिउने पानी र खुला दिशामुक्त समाज निर्माण अभियान पूरा हुनेमा शङ्खा उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या