१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बाराबाट २१ सय थान लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ

४ भाद्र २०७९, शनिबार १०:३४

भदौ ४, बारा | बाराको कलैया उपमहानगरपालिका-२० बाट दुई जना भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी बसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो । 


भरतको बिहारबाट नेपाल आएको बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया-१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहालाई पक्राउ गरेको छ । 

प्रहरीले उनीहरूको पिठ्युमा बोक्ने झोलाभित्र लुकाईछिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र  नुर्फिन ६ -६ सय थान र नाइट्राभेट-१० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

लागुऔषध फेला परेपश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ । खुल्ला सीमाका कारण बारा लागुऔषध कारोबारीहरूका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार