२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोहोरलाई ऊर्जामा परिवर्तन गर्न प्राविधि जडान गरिँदै

२०७९, ७ भाद्र मंगलवार ११:१६

भदौ ७, सुर्खेत | फोहोरबाट विद्युत् निकाल्ने लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ ।  जनसंख्याको चापसँगै बढ्दो सहरीकरणले दैनिक फोहोर बढीरहेको भन्दै मन्त्रालयले माननीय क्रियाकलापबाट उत्पादन हुने फोहोरबाट विद्युत् उत्पादन गर्नका लागि प्राविधि जडान गर्न लागेको बताएको छ ।  


आर्थिक वर्ष २०७९–८० मा बजेट बिनियोजन गरि फोहोरबाट ऊर्जा निकाल्नका लागि काम सुरु गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । देशका अन्य ठाउँमा समेत यो प्राविधिबाट ऊर्जा निकाल्ने काम सुरु भएको भन्दै अत्यन्तै ऊर्जा कम उत्पादन भएको कर्णालीमा छिटोभन्दा छिटो सबैलाई उज्यालो पुर्‍याउनका लागि फोहोरबाट ऊर्जा निकाल्ने प्राविधि जडान गरि काम सुरु गर्न लागिएको मन्त्री सिंहको भनाइ छ । 

आवश्यक बजेट बिनियोजन गरि मन्त्रालयले बजेट खर्चिन लागेको छ । पहिलो चरणको यो कार्य सफल भएमा फोहोरबाट विद्युत् निकाल्नका लागि अन्य ठाउँमा समेत विस्तार गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । अहिले सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलंगा, जाजरकोटको कुदु, दल्ली, कालीमटी, सल्यानका केही भागमा बसोबास बाक्लो रहेको छ । 

जनसंख्य बाग्लो रहेको ठाउँमा फोहोरसमेत बढी उत्पादन हुने भएकाले सोही फोहोरबाट विद्युत् उत्पादनको काम युद्ध स्तरमा हुन सके फोहोर व्यवस्थापनका साथै ऊर्जा उत्पादनबाट लाभ लिन सकिने मन्त्रालयका सचिव देवराज निरौलाले जानकारी दिए ।

कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएको छ ।  त्यस्तै पीपीपी मोडलमा सौर्य प्राविधि जडान कार्य समेत गर्न लागिएको छ । विद्युतको बढ्दो माग र १३२ केभी प्रशारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिक रुपमा विद्युत् उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाई तिव्रता दिइएको मन्त्रालयको भनाइ छ । वातावरण प्रदूषित हुनबाट जोगिनका लागि समेत सघाउन पुग्ने अपेक्षा लिइएको मन्त्री सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन