१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

उत्कृष्ठ पशुपालक कृषकलाई प्रोत्साहन स्वरुप दिने मोबाइल कार्यालयमै गायब भएपछी..

७ आश्विन २०७९, शुक्रबार ०८:२५

असोज ७, सुर्खेत | डोल्पाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले पशुपालक कृषकलाई दिने अनुदानका मोबाइलसमेत गायब बनाएको छ ।  जिल्लामा ५० भन्दा धेरै भेडाबाख्रा पालन गरेका  कृषकलाई प्रोत्साहनबापत प्रदान गरिने २५ थान साधारण मोबाइल फोन कार्यालयकै कर्मचारीले लुकाएर राखेको आरोप लागेको छ ।


पशुपालन गर्ने कृषकहरूलाई सहजै कार्यालयसँग सञ्चारको पहुचमा जोड्नको लागि प्रोत्सान स्वरुप प्रदान गर्ने मोबाइलसमेत खरिद गरी कृषकलाई नदिएर कार्यालय प्रमुखको मिलोमतोमा लुकाएर राखिएको आरोप लगाएको छ ।  आ.व. २०७८/०७९ को कार्यक्रमअनुसार ५० भन्दा बढी भेडाबाख्रा पालन गरेका कृषकहरुलाई प्रोत्साहन स्वरुप वितरण गर्ने उद्देश्यले पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले बाँके नेपालगञ्जको निशान कम्प्युटर ट्रेडर्सबाट २७ थान साधा मोबाइल फोन खरिद गरि कार्यालयमा ल्याएको र कुनै पनि कृषकलाई नदिएको तथ्य सार्वजानिक भएको छ । प्रशिक्षण लिँदा पशुपालक कृषकलाई पाल, गमबुट र मोबाइल दिने भनेर जानकारी गराएको थियो , तर आफूले नपाएको कृषक अर्जुन भण्डारीले बताए । 

कार्यालय प्रमुख परिवर्तन भएकोले पनि भुलचुक भएको हो भनेर हालका कार्यालय प्रमुख नवराज न्यौपानेले कृषकहरूलाई अलमल्याउने काम गरेको भण्डारीले बताए । जिल्ला भरका पशुपालक कृषकलाई अनुदानको लागि आवेदन माग्ने र उत्कृष्ट पशुपालक कृषकलाई प्रोत्साहन स्वरुप पशुपालनका लागि सहज हुने सामग्री प्रदान गर्ने कार्यालयको नियमित कार्यक्रम हो ।

सोहीअनुसार खरिद भएको साधारण मोबाइल २५ थानमा कार्यालयमा जम्मा १५ थान मात्रै भेटिएका छन । बाँकी १० थान मोबाइल कुन कृषकले लिए भन्ने कुनै कागजी प्रमाण भने छैन । न त कतै लिखित कागजात छन न त ५० भन्दा धेरै भेडाबाख्रा पालन गर्ने कृषकको विवरण नै छ, तर पनि कार्यालय प्रमुखले भने १० थान बाँडिएको र अन्य १५ थान पनि वितरण गर्ने योजना रहेको निमित्त कार्यालय प्रमुख न्यौपाने बताउँछन् ।

पशुपालन गर्ने कृषकका लागि मोबाइल तथा अन्य सामग्री खरिद गर्ने समयमा भने चन्द्रलाल धराला कार्यालय प्रमुख थिए । धरालाले गत ३० वैशाखमा राजीनामा दिएर त्रिपूरासुन्दरी नगरपालिकाको नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुख उम्मेदवारी दिएका थिए । 

यता हालका निमित्त कार्यालय प्रमुख र अन्य कर्मचारीले भने धरालाकै पालामा मोबाइल खरिद गरेर ल्याइ कोठामै राखेको आरोप लगाएका छन् ।चन्द्रलाल धरालाले भने आफूले राजीनामा दिएको समयमा सबै सामग्री कार्यालयमा बुझाएर निर्वाचनमा उम्मेदवार भएको बताउदै  आफ्नो नाममा केही पनि नभएको जिकिर गरे । 

कार्यालयमा बारम्बार मोबाइल बितरण गरेको भरपाइ तथा अन्य कागजातहरु र पाउने कृषकको बिवरण माग्दा भने कार्यालयले दिन सकेको छैन । कहिले कम्प्युटर बिग्रेको र कहिले पेनड्राईभ नखुलेको भन्दै उक्त विवरण दिन आनाकानी हुँदै आएको छ । ६२ हजार ५ सयमा खरिद भएका मोबाइलको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणसमेत सम्पन्न्न भएको छ ।  विना भरपाइ र कृषकलाई वितरण गरेको तस्बिर तथा अन्य पुष्टि हुने कागजात विनै अडिट भएको छ । मोबाइलको कुरा गर्दा कार्यालय प्रमुखले व्यवस्थापन गरौँला भन्दै ठगिरहेको कृषक प्रेम थापाले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन भारतमा दुई मालवाहक रेल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु चुडामणि चापागाईं बने नेप्सेको सीइओ निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने? थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य गुडिरहेको जिपबाट खसेर गाडी धनीको मृत्यु, चालक पक्राउ सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार? राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै लामिछाने पुनः सभापतिको जिम्मेवारीमा पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री म हिन्दूराष्ट्रको पक्षमा छुः शशांक कोइराला