१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको राँचुलीमा पहिरोमा परी मलामी गएका १३ जनाको मृत्यु

२४ आश्विन २०७९, सोमबार ०६:५६

असोज २४, काठमाडौ । कालिकोटमा तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको छ । आइतबार दिउँसो राँचुली गाउँमा गएको पहिरोमा परी घाटमा पुगेकामध्ये १३ जनाको पहिरोमा परी मृत्यु भएको हो ।

दुर्घटनास्थलमै रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परेर १३ जना वेपत्ता भएको पुष्टी भएको छ । शाहीका अनुसार उनीहरु कोही पनि जिवित भेट्ने सम्भावना नरहेको शाहीले बताए ।  उपमेयर शाहीका अनुसार मलामी गएका वडा नम्बर ४ राँचुलीका वडाध्यक्ष पर बहादुर शाही पनि पहिरोमा परी वेपत्ता भएका छन् । स्थानीय युवा हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ७० जना तिला नदीको घाटमा मलामी गएका थिए । 

घाटमा पुगेकामध्ये १३ जनालाई पहिरोले पुरेको अन्य मलामीको भनाइ उद्धृत गर्दै उपमेयर शाहीले १३ जनाको मृत्यु भइसकेको पुष्टी गरे । शाहीले भने, ‘घाटमा लाश जलाउने क्रममा राँचुली गाउँमा आएको पहिरोले १३ जनाको मृत्यु भएको पुष्टि जस्तै भइसकेको छ । उनीहरु पहिरोमा परेका मलामी गएका अन्यले देखेका छन् । अब उनीहरुलाई जिवित भेट्ने सम्भावना छैन ।’

अझै ठूलो पहिरोको जोखिम बढेको कारण राँचुली गाउँ खाली गराएर २०४ घरका बासिन्दालाई स्थानीय कालिका माविको प्राङ्गणमा सेल्टर दिएर राखिएको छ । अहिले त्यहाँ उद्धारको काम भइरहेको उपमेयर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ