१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेवातालबाट २ सय ट्रकभन्दा धेरै जलकुम्भी झार निकालियाे

२५ आश्विन २०७९, मंगलवार १०:५५

असोज २५, पोखरा । पोखरा महानगरपालिकाले आज मङ्गलवारदेखि फेवाताल सरसफाइ महाअभियानमा सुरु गरेको छ । विभिन्न ३३ ठाउँबाट सुरु गरिएकाे यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधिसहित पाँच हजार जनाभन्दा बढीले सक्रिय सहभागिता जनाएका छन् ।


फेवाताल सरसफाइका क्रममा भएको याे नागरिक सहभागितामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । सबै ठाउँमा हेर्दा पाँच हजार बढीको सहभागिता रहेको देखिन्छ, पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भन्नुभयो, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो तर अन्तिमसम्म आइपुग्दा दुई सय बढी ट्रक फोहर सङ्कलन भएको छ ।’ महाअभियानको पहिलो दिन दुई सय बढी ट्रक जलकुम्भी झारलगायतको फोहर फेवातालबाट बाहिर निकालिएको उहाँले बताउनुभयाे । 


तालको झन्डै ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार आज अभियानका क्रममा निकालिएको छ । अभियानलाई निरन्तर गर्ने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडि बढ्ने मेयर आचार्यकाे भनाइ छ ।

फेवाताल सरसफाइ महाअभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्था, सहकारी, बैङ्क तथा वित्तीय संस्था, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन संबद्ध सङ्घ–संस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ