२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भतिजमाथि गोली हानेका व्यक्तिले आफैंलाई गोली हानेर गरे आत्महत्या

२०७९, २ कार्तिक बुधबार ०५:४४

कात्तिक २, झापा | झापामा आफ्नै भतिजमाथि गोली प्रहार गरी आफैंलाई गोली हानेर एक जनाले आत्महत्या गरेका छन्।  

घरायसी विवादका क्रममा भतिजमाथि गोली प्रहार गरेका गौरादह नगरपालिका-८ स्थित जुरोपानी निवासी ३५ वर्षका बिरन शाहले घटनापछि आफैंलाई गोली हानेका थिए । 

प्रहरीका अनुसार मंगलबार साँझ ७ बजे बिरनले घरयाशी सामान्य विवादको क्रममा उनका दाइ उमेश साहको छोरा (भतिज) पर्ने १५ वर्षीय  हेमराज साहलाई आफ्नै घर अगाडि सानो चाइनिज (होम मेड पेस्तोल) ले गोली प्रहार गरेर घाइते बनाएका थिए । हेमराजको ढाडमा गोली लागेको थियो । घाइते भएका उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको र त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको छ । 

घटना भए लगतै घटनास्थल पुगेका इलाका प्रहरी गौरीगञ्जको टोलीले गोली हान्ने बिरनको खोजी गर्ने क्रममा घरदेखि १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरीले बताए ।  

घटनाका बारेमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलीप कुमार गिरी र इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर जितेश दाहालको कमान्डमा खटिएको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते