१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भतिजमाथि गोली हानेका व्यक्तिले आफैंलाई गोली हानेर गरे आत्महत्या

२ कार्तिक २०७९, बुधबार ०५:४४

कात्तिक २, झापा | झापामा आफ्नै भतिजमाथि गोली प्रहार गरी आफैंलाई गोली हानेर एक जनाले आत्महत्या गरेका छन्।  

घरायसी विवादका क्रममा भतिजमाथि गोली प्रहार गरेका गौरादह नगरपालिका-८ स्थित जुरोपानी निवासी ३५ वर्षका बिरन शाहले घटनापछि आफैंलाई गोली हानेका थिए । 

प्रहरीका अनुसार मंगलबार साँझ ७ बजे बिरनले घरयाशी सामान्य विवादको क्रममा उनका दाइ उमेश साहको छोरा (भतिज) पर्ने १५ वर्षीय  हेमराज साहलाई आफ्नै घर अगाडि सानो चाइनिज (होम मेड पेस्तोल) ले गोली प्रहार गरेर घाइते बनाएका थिए । हेमराजको ढाडमा गोली लागेको थियो । घाइते भएका उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको र त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको छ । 

घटना भए लगतै घटनास्थल पुगेका इलाका प्रहरी गौरीगञ्जको टोलीले गोली हान्ने बिरनको खोजी गर्ने क्रममा घरदेखि १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरीले बताए ।  

घटनाका बारेमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलीप कुमार गिरी र इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर जितेश दाहालको कमान्डमा खटिएको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ