2026-07-24 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई कोरियाबीच सीमामा मिसाइल हानाहान

कात्तिक १६, काठमाडौँ | उत्तर र दक्षिण कोरिया दुवैले पहिलो पटक आफ्नो सामुद्रिक सीमामा मिसाइल प्रहार गरेका छन् । प्योङयाङले आफ्नो पूर्वी शहर सोक्चोबाट ६० किलोमिटरको दूरीमा मिसाइल प्रहार गरेको तीन घण्टापछि बुधबार दक्षिणले जवाफी कारबाहीका रुपमा मिसाइल हानेको हो ।

सियोलले यसरी मिसाइल हान्नु आफ्नो सीमा क्षेत्रको अस्वीकार्य उल्लङ्घन भएको भनेको छ । उत्तरले हानेको मिसाइलको जवाफमा दक्षिणले तीनवटा हावाबाट जमिनमा मार हान्ने मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले हानेको मिसाइल सीमा क्षेत्रको जति नजिक थियो त्यति नै नजिक दक्षिणले पनि मिसाइल हानेको अधिकारीहरुले बताएका छन् ।

उत्तरले बुधबार कम्तीमा १० वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले यस हप्ता गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियामा मिसाइल प्रहार गरेको हुनसक्ने ठानिएको छ ।

एउटा मिसाइल बुधबार बिहान कम्तीमा ९ बजे भन्दा अघि प्रक्षेपण गरिएको र सीमाबाट लगभग २६ किलोमिटर दक्षिणमा खसेको बताइएको छ । दक्षिण कोरियाको सोक्छो सहरको ५७ किलोमिटर पूर्व र उल्लेउंग टापुको १६७ किलोमिटर उत्तरपश्चिममा खसेको थियो ।

उत्तर कोरियाले मिसाइल हानेसँगै खतरा बढेर उल्लेउंगका बासिन्दाहरूलाई भूमिगत सुरक्षित स्थानमा जान भनिएको थियो। तत्कालै दक्षिण कोरियाली र जापानी अधिकारीहरूले प्योङयाङबाट भएको यो गतिविधिको निन्दा गरेका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले यसलाई प्रभावी क्षेत्रीय आक्रमण भन्दै छिटो र दृढ प्रतिक्रिया दिने भनेका थिए । दक्षिणमा अमेरिकासँग सैन्य गतिविधि बढेसँगै उत्तर कोरियो यस वर्ष ५० भन्दा बढी मिसाइल प्रहार गरिसकेको छ ।

उत्तर कोरियाले सन् २०१७ यता फेरि अर्काे शक्तिशाली आणविक हतियार प्रक्षेपण गर्न सक्ने चिन्ता गरिएका बेला कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन