२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रेडक्रस साेसाईटी रामेछापको अध्यक्षमा कार्कि निर्वाचित

२०७३, ३० भाद्र बिहीबार ०२:२८

प्रज्वल पाैडेल, भदाै ३० ।

 नेपाल रेडक्रस सोसाइटी रामेछापमा शिवकुमार कार्की जिल्ला सभापतिमा निर्वाचित हुनुभएकाे छ । बुधबार भएको १० औं जिल्ला अधिवेशनमा कार्कीले प्रतिद्वन्दी झम्क कँडेललाई हराउदै अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे। 


१२ सदस्य र एक सभापतिको निर्वाचन प्रक्रियामा सदस्य पदको लागि १८ जनाको दरखास्त परेकोमा ६ जनाले दरखास्त फिर्ता लिएपछि १२ सदस्यहरु निर्विरोध चयन भएका थिए । अध्यक्ष पदका लागि भने दुई उम्मेद्वारी परेकाले मतदान भएको हो । 

 निर्विरोध चयन भएका सदस्यहरुमा जयप्रकाश श्रेष्ठ, नारायणदाश श्रेष्ठ, दिनेशकुमार कार्की, टीकाप्रसाद भट्ट,कृष्णप्रसाद उप्रेती, राजेन्द्रकुमार बस्नेत, पार्वति कडरिया (सुवेदी), सोमप्रसाद सापकोटा, ध्रुव खड्का, रामविष्णु बस्नेत, वीरेन्द्र श्रेष्ठ र नेत्र केसी रहेका छन् । 

 निर्वाचित सभापतिले ३ सदस्य मनोनित गर्ने छन् भने सदस्यहरुबाट उपसभापति, मन्त्री, उपमन्त्री, कोषाध्यक्ष र उप–कोषाध्यक्षको चयन हुने रेडक्रस साेसाईटी रामेछापले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ