आगो ताप्ने क्रममा पोलेर ९ वर्षीय बालकको मृत्यु

साझासवाल
1 Min Read

<p><b>कात्तिक २४, तनहुँ |</b> तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगो ताप्नेक्रममा एकजना बालकको मृत्यु भएको छ ।<br></p><p>भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । सुभाषको उपचारकै क्रममा बुधबार राति १२ बजे मृत्युको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।&nbsp;</p><p>प्रहरीका अनुसार घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply