2026-07-26 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा भएको दुर्घटनामा दुईको मृत्यु

मङ्सिर १३, काठमाडौँ | काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते उहाँको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यस्तै टोखा नगरपालिका वडा नं ६ ग्रिनल्याण्ड हरीयाली बस्ती नजिक सडकमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई  दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ बस्ने २६ वर्षीय सबिन कँडेलको गएराति मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते हुनुभएका उहाँको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको भने धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ