२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

छोरी जन्मिए बैंक खातामा पाँच हजार

१८ मंसिर २०७९, आईतवार ०९:२१

मङ्सिर १८, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ  । 

गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् । 

गाँउपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् । 

गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो । 

छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुनेछन् । कार्यक्रम लागू गरिएपछि अहिलेसम्म २४ जना नवजात छोरीहरुको बैंक खातामा रकम जम्मा गरिदिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

“बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भबिष्यका लागि वचत गर्ने बानीको विकास हुनुका साथै भबिष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ”, गाउँपालिका अध्यक्ष पाण्डेले भन्नुभयो, “समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताका विकास गर्नुका साथै भु्रण हत्या रोक्नका लागि पनि यो अभियान शुरु गरिएको हो ।” गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्र वा सरकारी अस्पतालमा जन्मिएका छोरीका नाममा खाता खोल्न पाइने कार्यविधिमा उल्लेख छ ।  

गाउँपालिकाले एकल महिलाको साथमा स्थानीय सरकार भन्ने नाराको कार्यान्वयन गरी एकल महिलाको संरक्षण साथै सीप विकास एवं स्वरोजगारका कार्यकमहरु सञ्चालनमा ल्याएको छ । एकल महिला, वैदेशिक रोजगारबाट फिर्ता भएका, आर्थिक रुपमा कमजोर महिलालाई लक्षित रोजगार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । 

गृहिणी महिलाको शारीरिक एवं मानसिक स्वास्थ्यमा सुधार गर्न गृहिणी स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी