२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्जमा पार्किङ व्यवस्थित बनाउन सक्रियता

२०७९, २४ मंसिर शनिबार ०३:२०

मङ्सिर २४, वीरगञ्ज | वीरगञ्जमा पार्किङको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सक्रिय भएका छन् । बजार क्षेत्रको पार्किङ समस्या समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय सक्रिय भएका हुन् । 

वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्रलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ट्राफिक व्यवस्थापनमा लागेका छन् । व्यवस्थापनका लागि वीरगञ्ज  क्षेत्रका विभिन्न स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्न थालिएको छ  । 

चार तथा दुई पाङ्ग्रे सवारी पार्किङ गर्न विर्तास्थित मालपोत कार्यालय, हजारी मल ट्रष्ट, पुरानो बसपार्क, गीता मन्दिर छेउ र घण्टाघर नजिकको वीपी उद्यानको खाली जमिनमा व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताउनुभयो । ती स्थानमा पार्किङ गर्न ठाउँ उपलब्ध गराएपछि त्यहाँको व्यवस्थापन सम्बन्धित निकायले गर्नेछन् । 

यद्यपि विर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य सङ्घदेखि मकालु चोक, आदर्शनगर माईस्थानसम्म र घण्टाघरदेखि लिङ्क रोडको दुवैतर्फ चार पाङ्ग्रे सवारी साधनको पार्किङ निषेध गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन