१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

२४ मंसिर २०७९, शनिबार ११:४४

मङ्सिर २४, कालीकोट | कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । 

कालीकोट जिल्लाको  सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिनुभयो । 

“डोजरमा आठ जना सवार रहेकामा दुई जनाको मृत्यु भएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्”, उहाँले भन्नुभयो, “दुर्घटनामा तीन जना घाइते भएका छन् ।”

डोजर कर्णाली करिडोर नजिकै ८० मिटर तल नदीमा खसेको छ ।

मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीय युवराज बुढा छन् । प्रहरी कार्यालयका अनुसार चालक चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता डिएसपी रिमालले जानकारी दिनुभयो । 

त्यसैगरी घाइते हुनेमा रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारती हुनुहुन्छ । घाइतेहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने? थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य गुडिरहेको जिपबाट खसेर गाडी धनीको मृत्यु, चालक पक्राउ सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार? राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै लामिछाने पुनः सभापतिको जिम्मेवारीमा पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री म हिन्दूराष्ट्रको पक्षमा छुः शशांक कोइराला त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु