२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

९ पुष २०७९, शनिबार ०५:२०

पुस ९, पाल्पा | पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । 
तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ । तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषिउपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण थालिएको हो । रु चार करोड ९९ लाख ९१ हजार नौ सय पाँचमा सम्झौता भएको थियो । विसं २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३ गते काम सक्ने लक्ष्य थियो । दश वर्षमा निर्माण कम्पनीले २७ प्रतिशत मात्र भौतिक प्रगति गरेको तानसेन नगरपालिकाका प्राविधिक टीकाराम सोमैले जानकारी दिनुभयो । “निर्माण कम्पनीले काम नै गरेन, पाँच पटक म्याद थप गरिसकेका छौँ”, सोमैले भन्नुभयो, “फेरि म्याद थपको लागि आएको छ, काम गर्छन् भन्नेमा विश्वस्त हुन सकिएको छैन ।”
यस क्षेत्रमा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न किसानको मागअनुसार केन्द्र निर्माण सुरु गरिएको थियो । तानसेनमा सो केन्द्र निर्माण पछि उत्साही यहाँका कृषक निर्माण कार्यमा भएको ढिलाइले पुनः निरुत्साही भएका छन् । 
निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जय रक्तकाली जेबीले तानसेन नगरपालिकाबाट रु दुई करोड वढी रकम भुक्तानी लगेका छन् । आर्थिक सहयोग गरेको भारतीय राजदूतावासले चिस्यान केन्द्रको अवलोकन गरेको छ । दूतावासका द्धितीय सचिव प्रशान्त सोनाले निर्माण कार्य सुरु गर्न अनुरोध गर्नुभएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्वनिधारित क्षतिपूर्ति रु ४८ लाख रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । 
पूर्वनिर्धारित योजना र सम्झौताअनुसार काम नगरेको भन्दै पटकपटक परिपत्र गर्दै आएको नगरपालिकाले अन्य कम्पनी छनोट गरेर भए पनि योजना सम्पन्न गर्ने उल्लेख गरेको छ । प्रवक्ता यादवसिं कार्कीले नपुग रकम नगरपालिकाबाट थप गरेर भए पनि निर्माण सुरु गरिने बताउनुभयो । “तानसेनको गौरवसँग जोडियो, निर्माण कम्पनी परिवर्तन गरेर भए पनि काम सम्पन्न गर्छौं”, प्रवक्ता कार्कीले भन्नुभयो । पाल्पा कृषि क्षेत्रको उर्बर भूमि हो । यहाँका किसानले सुन्तला, अकबरे खुर्सानी, अदुवाजस्ता कृषिउपजबाट करोडौँको व्यापार गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय