2026-06-16 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण : शंकास्पद दुई जनाको डीएनए परीक्षणका लागि नमुना संकलन

२०७९ पुष २२, शुक्रवार

पुस २१, काठमाडौँ | बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको घटनामा डीएनए परीक्षणका लागि दुई जनाको रगतको नमुना संकलन गरिएको छ।

अनुसन्धान सक्रिय सीआइबीको टोलीले शंकास्पद दुई जनाको नमुना संकलन गरेर डीएनए परीक्षणका लागि काठमाडौं पठाएको छ। निर्मला हत्या अनुसन्धान गर्न पछिल्लोपटक गठित डीआईजी दुर्गासिंह नेतृत्वको टोलीले पनि कञ्चनपुर पुगेर काम थालेको छ। १० साउन २०७५ मा भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको बलात्कारपछि हत्या भएको थियो। १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा डीएनए परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन। 


रगतको नमुना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको हो। यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए निर्मलाको भजाइनल स्वाबसँग नमिलेपछि छुटेका थिए। घटना भएको साढे चार वर्ष बितिसक्दा पनि दोषी पहिचान हुन सकेको छैन। यसबीचमा कैयौँको डीएनए परीक्षण गरिएको छ। तर अहिलेसम्म निर्मलाको भेजाइनल स्वाबसँग कसैको डीएनए मिलेको छैन। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)की डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । सिंह नेतृत्वको अनुसन्धान टोली अहिले पनि कञ्चनपुरमै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानपावर व्यवसायीलाई विभागको तीनदिने उर्दी, भारतका विमानस्थल प्रयोगको विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री