2026-07-26 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समीक्षाको प्रश्न– मलाई गाली गर्ने अधिकार तिमीहरूलाई कसले दियो ?

पुस २७, काठमाडौँ | गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूमाथि हुने नाकारात्मक आलोचनाको खरो आलोचना गर्दै आएकी छन् । आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै हुने गरेका आलोचना गर्ने अधिकारी कसैलाई नरहेको पनि उनले बताउँने गरेकी छन् । 

आत्मसम्मानमा चोट पुग्नेगरी सामाजिक सञ्जालमा कमेन्ट गरे कानुनी उपचारको खोजी गर्ने उनले चेतावनी दिने गरेकी छन् । साइबर क्राइम अन्तर्गतको कानुनी उपचार खोज्ने उनले बताएकी बताएकी छन् । 

अरुका कमजोरी नदेख्नेहरूले आफ्ना कमजोरी पहिल्याउने गरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन् । “मान्छे हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन् । एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन,” समीक्षा सामाजिक सञ्जालमा लेख्छिन्, “नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।” 

कानुनी उपचार खोज्ने उनको चेतावनीसहितको पोष्टमा समेत गाली गरेपछि समीक्षाले फेरि असन्तुष्टि जनाउँदै आफू नबोलेकै कारण आफू हेपिएको बताएकी छन् । 

“उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यमस्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ,” मान्छे तीन किसिमको हुने गरेको भन्दै उनी अगाडि लेख्छिन्, “यी रुख होइनन्, फल र फूल पनि होइनन् । पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने ।” 

उमेरका कारण धेरै कुरा नबुझ्ने नाबालिकालाई बाटो देखाउने काम समाज र अभिभावकको भएको भन्दै त्यसलाई भुलेर उल्टै कुरा काट्ने गरेको भन्दै उनले असन्तुष्टि पोखेकी छन् । “सानो उमेरमा छोरी मान्छे बहकिन्छन् । राम्रो/नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्तो कानुनमा जेलिएको छ भन्ने उनीहरूलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ,” समीक्षा अगाडि लेख्छिन्, “म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस्, म एक्लै कोठामा गाउँछु । एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ । कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ