असोज ३, दमक । करिब पाँच लाख खर्चिएर यहाँकी एक महिलाले दमक–१ स्थित भृकुटी निम्नमाध्यमिक विद्यालयमा खानेपानीको ट्याङ्की निर्माण गरेकी छन् ।
आज दमक–१ निवासी मित्रकुमारी आङ्थुपोले नवनिर्मित खानेपानीको ट्याङ्की विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउन दाता आङथुपोले ट्याङ्की निर्माण गरिदिनुभएको हो ।
दाता आङ्गथुपोले आफ्ना ससुरा रुकमान र आमा नन्दमाया लावतीको स्मृतिमा खानेपानी ट्याङ्की निर्माण गरिदिनुभएको विद्यालयका प्रअ लक्ष्मीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
आजै उक्त विद्यालयमा ए टू जेड सर्भिस नामक संस्थाले विद्यार्थीलाई कापी, कलमजस्ता शैक्षिक सामग्री प्रदान ग¥यो । रासस