असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

प्रेस चौतारी रामेछापको अध्यक्षमा युनिक विफा

२०७३, ३ आश्विन सोमबार १६:००


असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो । 

समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश ः कैलाश खत्री, लेखबहादुर विक, प्रज्वल पौडेल र शान्ता श्रेष्ठ छानिएका छन् । सदस्यहरुमा क्रमश पार्वती पाठक, नवराज  श्रेष्ठ, सिता पुरी र शंकर वरुवाल  पनि सर्वसम्मतिले चुनिएका छन् । २ जना सदस्य भने पछि थप गर्ने निर्णय भएको छ । 

अधिवेशनको उद्घाटन  गर्दै चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले प्रेश चौतारी नेपाल नेपालको पत्रकारहरुको व्यवसायीक हित र वैचारिक क्षमता विकासको लागि निरन्तर लागि रहेको बताए । उनले नेपालको पत्रकारीता र नेपाल पत्रकार महासंघलाई उचाईमा पुर्याउने काम चौतारीले गरेको दावि गरे ।

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले नेपालको पत्रकारीता अझै पनि व्यसायीक र खोजमुलक बन्न जरुरी रहेको बताए । उनले पत्रकारलाई पेशागत धर्म निर्वाह गर्न पनि आग्रह गरे । कार्यक्रममा चौतारीका महासचिव राजेश राई, ३ नं प्रदेश इञ्चार्ज विष्णुमणि सुवेदी, एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जिवि मास्के  लगायतले पनि नेपालको पत्रकारीता र प्रेश चौतारी नेपालको भूमिकाको बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश