२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

प्रेस चौतारीको स्थापना दिवस पाँचथरमा विविध कार्यक्रम गरी मनाइयो

२०७९, २२ माघ आईतवार १०:०३

कमल घिमिरे । माघ २२ । पाँचथर,प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

नेपाल पत्रकार महासँघको सभाहलमा आयोजित कार्यक्रममा सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान भएको थियो ।

 चौतारीले नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिवालय सदस्य, कार्यालय सचिव, प्रचार विभागका प्रमुख एवं चौतारीका निवर्तमान अध्यक्ष तुलसी थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा चौतारीका निवर्तमान उपाध्यक्ष सहमामन विश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रचार विभागका उप प्रमुख तथा चौतारीका निवर्तमान सचिव शान्ती देवी राई, प्रेस चौतारीका प्रदेश कमिटी सदस्यहरु सागर खनाल, रमेश थापा र दिल कुमारी तामाङलार्ई बधाई ज्ञापन पत्र सहित बधाइ दिएको छ ।

यस्तै चौतारीका पुर्व अध्यक्ष युधिष्ठिरराज आमगाईँ, नारायण तुम्बापो र पुर्व सचिव नवराज घिमिरेलाई सम्मान पत्र सहित सम्मान गरेको छ । 

स्थापना दिवसको अवसर पारेर चौतारीको संस्थापक सह संयोजक तथा पुर्व अध्यक्ष स्व. चन्द्र प्रसाद पोखरेल र संस्थापक सदस्य  तथा सल्लाहकार स्व. गुरुङ राम प्रकाश समथिङको स्मृतिमा ‘राम–चन्द्र स्मृति पत्रकारीता पुरस्कार’ स्थापना गरेको छ । सो पुरस्कारको अक्षय कोष ५ लाख रुपैँया रहने चौतारीका अध्यक्ष रविन्द्र काफ्लेले जानकारी दिनुभयो । 

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राज कुमार भण्डारीको प्रमुख आतिथ्यता र चौतारी अध्यक्ष रविन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन