२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

प्रेस चौतारीको स्थापना दिवस पाँचथरमा विविध कार्यक्रम गरी मनाइयो

२२ माघ २०७९, आईतवार १०:०३

कमल घिमिरे । माघ २२ । पाँचथर,प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

नेपाल पत्रकार महासँघको सभाहलमा आयोजित कार्यक्रममा सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान भएको थियो ।

 चौतारीले नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिवालय सदस्य, कार्यालय सचिव, प्रचार विभागका प्रमुख एवं चौतारीका निवर्तमान अध्यक्ष तुलसी थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा चौतारीका निवर्तमान उपाध्यक्ष सहमामन विश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रचार विभागका उप प्रमुख तथा चौतारीका निवर्तमान सचिव शान्ती देवी राई, प्रेस चौतारीका प्रदेश कमिटी सदस्यहरु सागर खनाल, रमेश थापा र दिल कुमारी तामाङलार्ई बधाई ज्ञापन पत्र सहित बधाइ दिएको छ ।

यस्तै चौतारीका पुर्व अध्यक्ष युधिष्ठिरराज आमगाईँ, नारायण तुम्बापो र पुर्व सचिव नवराज घिमिरेलाई सम्मान पत्र सहित सम्मान गरेको छ । 

स्थापना दिवसको अवसर पारेर चौतारीको संस्थापक सह संयोजक तथा पुर्व अध्यक्ष स्व. चन्द्र प्रसाद पोखरेल र संस्थापक सदस्य  तथा सल्लाहकार स्व. गुरुङ राम प्रकाश समथिङको स्मृतिमा ‘राम–चन्द्र स्मृति पत्रकारीता पुरस्कार’ स्थापना गरेको छ । सो पुरस्कारको अक्षय कोष ५ लाख रुपैँया रहने चौतारीका अध्यक्ष रविन्द्र काफ्लेले जानकारी दिनुभयो । 

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राज कुमार भण्डारीको प्रमुख आतिथ्यता र चौतारी अध्यक्ष रविन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु