२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्मम समीक्षाका साथ अघि बढछौँ- नेता झा

२०७९, २४ माघ मंगलवार ०७:४०

माघ २४, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताउनुभएको छ । 

उहाँले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताउनुभयो । 

नेता झाले भन्नुभयो, “पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छाँै । हामी सबै ठीक ठाउँमै छौँ ।” पार्टी अध्यक्ष रवि लामिछानेले समसामयिक विषयमा दिनुभएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यवद्धता र पूर्ण समर्थन रहेको उहाँको भनाइ छ । सासद् झाले राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको बताउनुभयो ।

मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधानपालना गराउने जस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नुहुन्न भन्ने रास्वपाको मत रहेको उहाँले उल्लेख गर्नुभयो । 

अनुसन्धानकर्तासमेत रहनुभएका झाले रासससँगको कुराकानीमा भन्नुभयो, “सात महिनाको अवधिमा जुन क्षमता, दक्षता, रणनीति लिएर राष्ट्रिय दलको भूमिकामा पुगिएको छ, अबको गन्तव्य भनेको बाचापत्रमा लेखिएका विषय सङ्गठनलाई बलियो बनाएर कार्यन्वयनमा लगिनेछ ।”

युवा पुस्ताले राजनीतिक दललाई कसरी सञ्चालन गर्न सक्छन् भनी उदाहरण प्रस्तुत गर्ने अठोट व्यक्त गर्दै उहाँले भन्नुभयो, “पछिल्लो पत्रकार सम्मेलन अर्काे कार्यदिशामा हिँड्नका लागि टर्निङ प्वाइन्ट हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु