२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

जिल्ला संवाद समिति गठन

४ आश्विन २०७३, मंगलवार ०४:१०

असोज ४, रसुवा । गाउँ गाउँमा गठित सामुदायिक मेलमिलाप केन्द्रको सेवालाई सहजीकरण गर्न यहाँ जिल्ला संवाद समूह गठन भएको छ । 

अधिवक्ता एवम मेलमिलाप राष्ट्रिय प्रशिक्षक हरिप्रसाद पण्डितका अनुसार गाउँ गाउँमा गठित केन्द्रले मिलाउन नसकेको देवानी मुद्दा जिल्लास्तरमा सरोकार निकायलाई समन्वय गरी छिटो छरितो तरिकाले सुल्झाउन नौ सदस्यीयसमूह गठन भएको हो । 

गाउँ समाजमा ससाना कुरालाई लिएर मध्यस्तकर्ताको अभावमा मुद्दाको रुपमा परिणत हुने र गौचरण, पानीघाट, सार्वजनिकस्थल, अतिक्रमण, लेनदेन, अंश किचोला, साँधसिमाना मिचाइ, ससाना भैmंझगडा जस्ता सामान्य प्रकृतिका विषय स्थानीयस्तरका मेलमिलापकर्ताले मिलाउन नसक्ने अवस्था आई सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने अवस्था आएमा समूहले समन्वयकारी भूमिका निर्वाह गर्ने बताइएको छ । 

यस्तै केही समययता केन्द्रले गाउँसमाजमा उब्जिएका र केन्द्रको दायरामा पर्ने ८५ सामान्य प्रकृतिका मुद्दा मिलापत्र गराइसकेको केन्द्रका जिल्ला संयोजक उज्जवल आचार्यले जानकारी दिनुभयो । 

समूहमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, सरोकार भएका निकाय, मानवअधिकारकर्मी समेत रहेका कार मेलमिलापको कार्य हुने अपेक्षा गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा