२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

जिल्ला संवाद समिति गठन

२०७३, ४ आश्विन मंगलवार ०४:१०

असोज ४, रसुवा । गाउँ गाउँमा गठित सामुदायिक मेलमिलाप केन्द्रको सेवालाई सहजीकरण गर्न यहाँ जिल्ला संवाद समूह गठन भएको छ । 

अधिवक्ता एवम मेलमिलाप राष्ट्रिय प्रशिक्षक हरिप्रसाद पण्डितका अनुसार गाउँ गाउँमा गठित केन्द्रले मिलाउन नसकेको देवानी मुद्दा जिल्लास्तरमा सरोकार निकायलाई समन्वय गरी छिटो छरितो तरिकाले सुल्झाउन नौ सदस्यीयसमूह गठन भएको हो । 

गाउँ समाजमा ससाना कुरालाई लिएर मध्यस्तकर्ताको अभावमा मुद्दाको रुपमा परिणत हुने र गौचरण, पानीघाट, सार्वजनिकस्थल, अतिक्रमण, लेनदेन, अंश किचोला, साँधसिमाना मिचाइ, ससाना भैmंझगडा जस्ता सामान्य प्रकृतिका विषय स्थानीयस्तरका मेलमिलापकर्ताले मिलाउन नसक्ने अवस्था आई सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने अवस्था आएमा समूहले समन्वयकारी भूमिका निर्वाह गर्ने बताइएको छ । 

यस्तै केही समययता केन्द्रले गाउँसमाजमा उब्जिएका र केन्द्रको दायरामा पर्ने ८५ सामान्य प्रकृतिका मुद्दा मिलापत्र गराइसकेको केन्द्रका जिल्ला संयोजक उज्जवल आचार्यले जानकारी दिनुभयो । 

समूहमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, सरोकार भएका निकाय, मानवअधिकारकर्मी समेत रहेका कार मेलमिलापको कार्य हुने अपेक्षा गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश