२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गण्डकी प्रदेशसभा बैठकः शून्य समय

२०७९, २४ माघ मंगलवार १०:२९

माघ २४, काठमाडौं | गण्डकी प्रदेशसभाको आजको बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराइएको छ ।

शून्य समयमा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्गअन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले माघ १ गतेको जहाज दुर्घटनाले पोखराको पर्यटनमा असर पारेको बताउँदै यसले हवाई उडानमा मनोवैज्ञानिक असर परेको बताउनुभयो । पर्यटक आगमनलाई बढाउन अन्तरप्रदेश पर्यटन प्रवद्र्धनात्मक कामलाई अघि बढाउनु आवश्यक देखिएको बताउँदै उहाँले छिमेकी मुलुक भारत, चीन र बङ्गलादेशमा राष्ट्रियस्तरको प्रवद्र्धनात्मक कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य नन्दकला दमै नेपालीले पोखरा महानगरपालिका–२६ पैतेडाँडाको सुकुम्वासी बस्तीमा बर्सेनि बाढीले असर गरिरहेको बताउँदै त्यहाँको बस्ती सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य निर्मला थापाले बढ्दो आर्थिक मन्दीको समस्यामा गरिबीको रेखामुनि रहेको वर्गलाई उद्यमशीलताका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले नवलपुरको नारायणी तट क्षेत्रमा माझी, बोटे मुसहरको मुख्य पेसा माछा मार्ने रहे पनि राष्ट्रिय निकुञ्जका कारण माछा मार्न रोक लगाउँदा उनीहरू समस्यामा परेको बताउनुभयो ।

 प्रदेशसभा सदस्य विकल शेरचनले मुस्ताङमा आगलागीजन्य घटनामा दमकलसमेत नभएको बताउँदै जोखिमपूर्ण विद्युत्का पुराना वायरिङ हटाएर नयाँ वायरिङ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिन सभाको ध्याकर्षण गराउनुभयो ।

 अर्का सदस्य भोजराज अर्यालले गण्डकी प्रदेशका ३६ निर्वाचन क्षेत्रमध्ये स्वास्थ्योपचार सेवा नभएका क्षेत्रमा न्यूनतम ५० शय्यासम्मका विशेषज्ञ सहितको अस्पतालबाट सेवा दिने गरी कार्ययोजना ल्याउन आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य महेश भट्टराईले गल्याङ नगरपालिका–३ का ललेङ गाउँका ६० घर तल काली नदी र माथि नहरको बीचमा रहँदा बाढी पहिराको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । मित्रलाल बस्यालले पर्वतको फलेवास–लुङ्खु–पैयूँ सडकको बीचमा पहिराले बाटो बिगारेको भए पनि निर्माण व्यवसायीले त्यसलाई अलपत्र छाड्दा समस्या परेको बताउनुभयो ।

प्रदेशसभा सदस्य यशोदा रिमालले लम्जुङ जिल्ला अस्पताल २०७९ कात्तिक ३ गतेदेखि प्रदेश सरकार मातहत सञ्चालनमा आएकामा हाल एक्स–रे मेसिन, अक्सिजन प्लान्ट आदि बिग्रनुका साथै उपचारसेवा पनि गुणस्तरीय नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डेले नवलपुर २ मा नारायणी नदीसँगै अरुण खोला र विनय खोलाले बर्सेनि जमिन कटान गरिरहेको भन्दै त्यसको नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । अर्का सदस्य सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशमा एकीकृत नमुना बस्ती विकासका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशसभा सदस्य सरस्वती गुरुङले मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि गण्डकी प्रदेशभित्र सञ्चालित अस्पताललाई विशिष्टीकृत बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु