माघ २९, काठमाडौँ | हवाई दुर्घटनाबाट ज्यान गुमाउने यात्रुलाई एक लाख डलर दिन नेपालले प्रस्ताव गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाली यात्रुका लागि दुर्घटनावापत ज्यान गुमाउनेका परिवारलाई राहतका लागि यस्तो प्रस्ताव गरिएको बताए। आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई सम्बोधन गर्दै सचिव अधिकारीले उक्त प्रस्ताव गरेका हुन्। अन्तराष्ट्रिय रूपमा यस्तो बिमाबापत ५० हजार डलर दिने गरिएको छ ।
नेपालमा भने हाल यस्तो बीमाबापत आउने रकम २० हजार डलर मात्रै छ ।