फागुन २, काठमाडौँ | प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ। बालाजुमा भएको घटनामा आन्दोलनकारीले २ वटा गाडी तोडफोड गरेपछि प्रहरी वृत बालाजुका प्रमुख (डीएसपी) रविन विष्ट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । आफ्नै गाडी आगजनी भएको र सुरक्षा व्यवस्था मजबुत बनाउन नसकेको भन्दै उनलाई मेट्रो तानिएको हो ।

उनको ठाउँमा मेट्रोकै डीएसपी मन्जित कुँवरलाई जिम्मेवारी दिइएको छ । ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको सोमबार प्रदर्शनकारीले उग्र रूप लिएका थिए। त्यसक्रममा बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड र आगजनी गरेका थिए। बसपार्कमा भीडले मोबाइल पसलमा छिरेर लुटपाटसमेत गरेको थियो ।