२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा मादकपदार्थ सेवन गरेका सचिव कार्यालयबाटै समातिए

४ आश्विन २०७३, मंगलवार १२:०३

असोज ४, झापा । मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिविस झापामा कार्यरत सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । 

मादकपदार्थ सेवन गरेर कार्यालय आएपछि उनलाई स्थानीय विकास अधिकारी खेमराज ओझाले प्रहरीलाई बोलाएर जिम्मा लगाउनुभएको थियो । दिनहुँजसो कार्यालय समयभन्दा ढिलो गरी अफिस आउने, मादकपदार्थ सेवन गरेर अफिसमा होहल्ला गर्ने र निर्धारत पोसाकमा कार्यालय नआएपछि उनलाई प्रहरीलाई बोलाएर जिम्मा लगाएको स्थानीय विकास अधिकारी ओझाले बताउनुभयो । 

पक्राउ परेका सचिव आज मादकपदार्थ सेवन गरेर होहल्ला गर्दै हाफपाइन्टमा अफिस आएका थिए । अफिस आएलगत्तै उनलाई स्थानीय विकास अधिकारी आफैँले प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’