असोज ५, पाँचथर | अदालतबाट कैद सजाय ठहर भई फरार रहेका सवारी ज्यान मुद्दाका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरी मंगलबार जिल्ला अदालत पाँचथरमा बुझाएको छ ।
पक्राउ परेका प्रतिवादी जिल्ला पाँचथर आरुवोट"/>

पक्राउ परेका प्रतिवादी जिल्ला पाँचथर आरुवोटे गाविस वडा न. ८ बस्ने हरिन्द्र मुखिया रहेका छन् । उनलाई ३ वर्ष अघि जिल्ला प्रहरी कार्यालय पाँचथरले सवारी ज्यान मुद्धा अन्तर्गत मुद्धा चलाएको थियो । सोही मुद्धाको अनुसन्धान पश्चात उनको मुद्धा अदालतमा पेस हुँदा अदालतले उनलाई तारिखमा छाडेको थियो ।
तारिखमै रहेका उनको जिल्ला अदालतले गत ७० साल भाद्र ३० गतेको फैसलाले १८ दिन कैद सजाय ठहर गरेको थियो ।
फिदिम बजारमै लुकीछिपि हिँडिरहेको अवस्थामा फेला पारी अदालतमा बुझाएको थियो भने अदालतको आदेशले उनलाई मंगलबारनै कैद भुक्तानको लागी जिल्ला कारागार पाँचथर चलान गरेको छ ।