७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा वैदेशिक रोजगारीको प्रभाव अस्थायी परिवारनियोजन साधनमा पनि

५ आश्विन २०७३, बुधबार ०७:०५

असोज ५, रोल्पा । अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण रोल्पा जिल्लामा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता घटन थालेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार अघिल्लो आर्थिक वर्षमा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता ३८ प्रतिशत रहकोमा गतवर्ष यो दर घटेर ३७ प्रतिशतमा झरेको छ । 

घरमा श्रीमान् हुँदा गर्भवती हुने डरका कारण अस्थायी साधन प्रयोगकर्ता बढ्ने गरेको भए पनि रोल्पाका अधिकांश विवाहित पुरुष वैदेशिक रोजगारीमा रहेकाले अस्थायी परिवारनियोजनको साधन आवश्यक नहुँदा तिनको प्रयोगकर्ता घटेको हुनसक्ने उक्त कार्यालयका नर्स आशा थापाले बताउनुभयो । 

परम्परागत सुरक्षित तरिका अपनाएर पनि शारीरिक सम्बन्ध राख्ने दम्पतीको सङ्ख्यामा आएको वृद्धिले पनि अस्थायी साधन प्रयोगकर्ता घटेको हुनसक्ने उहाँको भनाइ छ । 

अघिल्लो आर्थिक वर्षमा पिल्स १०४३ जना, डिपो चार हजार ४८४ जना र नरपलान्ट पाँच हजार ४२० जनाले प्रयोग गरेकामा गत वर्ष पिल्स ९८२ जना, डिपो तीन हजार ४९१ जना, नरप्लान्ट ७१६ जनाले प्रयोग गरेका थिए । 

जिल्ला जनस्वास्थ्य कार्यालय र मातहतका स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या अघिल्लो वर्ष ८४ प्रतिशत रहेकामा गतवर्ष ८५ प्रतिशत पुगेको छ । 

जिल्लामा अझै १५ प्रतिशत महिलाले असुरक्षित प्रसूति गराउने देखिएको छ । स्वास्थ्य संस्थामा २० वर्ष मुनिका महिला गर्भ परीक्षण गराउन निकै कम आउने गरेको देखिएको छ । कम उमेरमै विवाह गरी गर्भवती हुने महिला लाजले पजि स्वास्थ्य संस्थामा निकै कम आउने गरेको थापाले बताउने भयो ।

जिल्लामा कम उमेरमै गर्भवती हुने महिलाले नियमित रुपमा स्वास्थ्य संस्थाबाट परीक्षण नगराउने गरेकाले मातृ तथा शिशुको मृत्युमा अपेक्षाकृत सुधार हुन नसकेको उहाँको भनाइ छ । रासस÷ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी