७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लघु उद्यमीको सङ्ख्या बढ्दै

५ आश्विन २०७३, बुधबार १३:०५

मोहम्मद ईजहार शेष/असोज ५ , परासी । नवलपरासीमा पछिल्लो समय व्यवसायीक रुपमा लाग्ने लघु उद्यमीहरुको संख्या बढ्दै गएको छ । 

विपन्न तथा सिमान्तकृत समुदायका विशेषगरि महिलाहरुलाई विभिन्न संघ संस्था मार्फत आयआर्जनका तालिम तथा कार्यक्रम प्रदान गरिए पछि व्यवसायीक रुपमा उद्यमी गर्नेहरुको संख्या बढेको हो ।

लघु उद्यमीहरुको छाता संगठन जिल्ला लघु उद्यमी समुह संघ नवलपरासीका अनुसार नवलपरासीमा अहिले दुई हजार चार सय ४२ जना लघु उद्यमी व्यवसायीक रुपमा लघु उद्यममा सम्लग्न रहेका छन । 

उनिहरुलाई जिल्ला लघु उद्यमि समुह संघ तथा विभिन्न संस्थाबाट विभिन्न तालिम, बजारीकरणमा सहयोग तथा उत्पादनमा समेत सहयोग हुदैँ आएको छ । ग्रामीण क्षेत्रमा रहेर स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी उद्यम सन्चालन गर्दै स्वरोजगार सिर्जना हुने भएकाले उद्यमीको संख्या बढ्दै गएको हो । नवलपरासीमा उत्पादन हुने पटेर मुढा नेपालकै नमुनाको रुपमा रहेको छ । 

खास गरि पहाडि भेगमा उम्रने एक प्रकारको घास पटेर वाट बनाईएको मुढा निकै आकर्षक देखिने भएकाले  बजार समेत सजिलै पाउन सफल रहेको जिल्ला लघु उद्यमि समुह संघ नवलपरासीका कार्यक्रम संयोजक राजु श्रेष्ठले बताउनु भयो ।  नवलपरासीमा ३२ प्रकारका वस्तु उत्पादन गर्ने लघु उद्यमीहरु रहेका छन । 

लघु उद्यमी समुह संघका अनुसार पटेरको मुढा बनाउने उद्यममा १ सय ६६ जना उद्यमी सम्लग्न छन भने तरकारी उत्पादनमा २ सय १७ , सिलाई कटाईमा १ सय ६२ , अदुवा उत्पादनमा ५ सय ९० जना छन । 

यस्तै  मौरी पालनमा १ सय ३१ जना, बासको डालो र डोकामा १ सय ३७ , ढाका टोपी र झोला बनाउनेमा ८६ जना उद्यमिहरु सम्लग्न रहेको संघका कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।उद्यमिहरुले उत्पादन गर्दै आएका वस्तुहरुको बजारीकरणका लागि संघले विशेष पहल गर्दै आएको श्रेष्ठले बताउनु भयो । यसैविच जिल्लाको सिमावर्ति क्षेत्रमा रहेका उद्यमीहरु भने सफल हुन नसकेको र उनिहरु धेरै निष्क्रीय रहने गरेको बताईएको छ । 

लघु उद्यमिहरुले बस्तु थोरै परिणाममा उत्पादन गर्ने गरेकाले लागत बढि पर्ने र समान महंगो पर्ने भएकाले ति क्षेत्रका क्रेताहरु भारतिय बजारमा गई बस्तुहरु किन्ने गरेकाले सो क्षेत्रका उद्यमिहरु सफल हुन नसक्ने गरेको उनिहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी