२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लघु उद्यमीको सङ्ख्या बढ्दै

२०७३, ५ आश्विन बुधबार १३:०५

मोहम्मद ईजहार शेष/असोज ५ , परासी । नवलपरासीमा पछिल्लो समय व्यवसायीक रुपमा लाग्ने लघु उद्यमीहरुको संख्या बढ्दै गएको छ । 

विपन्न तथा सिमान्तकृत समुदायका विशेषगरि महिलाहरुलाई विभिन्न संघ संस्था मार्फत आयआर्जनका तालिम तथा कार्यक्रम प्रदान गरिए पछि व्यवसायीक रुपमा उद्यमी गर्नेहरुको संख्या बढेको हो ।

लघु उद्यमीहरुको छाता संगठन जिल्ला लघु उद्यमी समुह संघ नवलपरासीका अनुसार नवलपरासीमा अहिले दुई हजार चार सय ४२ जना लघु उद्यमी व्यवसायीक रुपमा लघु उद्यममा सम्लग्न रहेका छन । 

उनिहरुलाई जिल्ला लघु उद्यमि समुह संघ तथा विभिन्न संस्थाबाट विभिन्न तालिम, बजारीकरणमा सहयोग तथा उत्पादनमा समेत सहयोग हुदैँ आएको छ । ग्रामीण क्षेत्रमा रहेर स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी उद्यम सन्चालन गर्दै स्वरोजगार सिर्जना हुने भएकाले उद्यमीको संख्या बढ्दै गएको हो । नवलपरासीमा उत्पादन हुने पटेर मुढा नेपालकै नमुनाको रुपमा रहेको छ । 

खास गरि पहाडि भेगमा उम्रने एक प्रकारको घास पटेर वाट बनाईएको मुढा निकै आकर्षक देखिने भएकाले  बजार समेत सजिलै पाउन सफल रहेको जिल्ला लघु उद्यमि समुह संघ नवलपरासीका कार्यक्रम संयोजक राजु श्रेष्ठले बताउनु भयो ।  नवलपरासीमा ३२ प्रकारका वस्तु उत्पादन गर्ने लघु उद्यमीहरु रहेका छन । 

लघु उद्यमी समुह संघका अनुसार पटेरको मुढा बनाउने उद्यममा १ सय ६६ जना उद्यमी सम्लग्न छन भने तरकारी उत्पादनमा २ सय १७ , सिलाई कटाईमा १ सय ६२ , अदुवा उत्पादनमा ५ सय ९० जना छन । 

यस्तै  मौरी पालनमा १ सय ३१ जना, बासको डालो र डोकामा १ सय ३७ , ढाका टोपी र झोला बनाउनेमा ८६ जना उद्यमिहरु सम्लग्न रहेको संघका कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।उद्यमिहरुले उत्पादन गर्दै आएका वस्तुहरुको बजारीकरणका लागि संघले विशेष पहल गर्दै आएको श्रेष्ठले बताउनु भयो । यसैविच जिल्लाको सिमावर्ति क्षेत्रमा रहेका उद्यमीहरु भने सफल हुन नसकेको र उनिहरु धेरै निष्क्रीय रहने गरेको बताईएको छ । 

लघु उद्यमिहरुले बस्तु थोरै परिणाममा उत्पादन गर्ने गरेकाले लागत बढि पर्ने र समान महंगो पर्ने भएकाले ति क्षेत्रका क्रेताहरु भारतिय बजारमा गई बस्तुहरु किन्ने गरेकाले सो क्षेत्रका उद्यमिहरु सफल हुन नसक्ने गरेको उनिहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना