असोज ५ पर्वत ।
अन्तराष्ट्रिय शान्ति दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।  दिवसको अवसरमा “दिगो शान्ति ः राष्ट्र विकासको आधार” भन्ने नाराका साथ स्थानीय शान्ति समिति पर्वतले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।  विहान प्रभातफेरी तथा मावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५ पर्वत ।
अन्तराष्ट्रिय शान्ति दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।  दिवसको अवसरमा “दिगो शान्ति ः राष्ट्र विकासको आधार” भन्ने नाराका साथ स्थानीय शान्ति समिति पर्वतले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।  विहान प्रभातफेरी तथा मावि"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शान्ति दिवसमा माविस्तरीय वक्तृत्वकला

२०७३, ५ आश्विन बुधबार १३:४१

असोज ५ पर्वत ।
अन्तराष्ट्रिय शान्ति दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।  दिवसको अवसरमा “दिगो शान्ति ः राष्ट्र विकासको आधार” भन्ने नाराका साथ स्थानीय शान्ति समिति पर्वतले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।  विहान प्रभातफेरी तथा माविस्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरी शान्ति समितिले शान्ति दिवस मनाएको हो । कार्यक्रममा प्रम्ुख अतिथि रहेका प्रजिअ शम्भु प्रसाद मरासिनीले स्थायी शान्तिका लागि यससँग सम्बन्धित सबै पक्षको न्यायोचित व्यवस्थापन हुनुपर्नेमा जोड दिए । उनले दिगो शान्तिको लागि राजनीतिक दल तथा सरोकारवाला निकायहरु गम्भिरताका साथ लाग्नुपर्ने बताए । अर्को वक्ता पत्रकार महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्माले सामाजिक तथा जनजीविकामा पनि प्रभाव पार्ने गरी स्थिरता आए मात्रै दीगो शान्ति स्थापना हुने बताए ।

  बक्तृत्वकला  प्रतियोगितामा नमूना आवसिय मावि कुश्माकी प्रतिशा सुवेदी प्रथम, नारायण उमाविकी सदिक्षा आचार्य द्धितिय र कालीगण्डकी एकेडेमीका मनिष शर्माले तृतीय स्थान हासिल गरे । स्थानिय शान्ति समितिका संयोजक मनोहर वि पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत पूर्व संयोजक प्रकाश पौडेल र संचालन कार्यालय सचिव किशोर सापकोटाले गरेका थिए । संयुक्त राष्ट्रसंघको ५५औं साधारण सभाले सन् २००० देखि हरेक वर्ष सेप्टेम्बर २१ का दिन अन्तर्रा्ष्ट्रिय शान्ति दिवस मनाउने घोषणा गरेको भए पनि नेपालमा भने २०६५ देखि दिवस मनाउन थालिएको हो ।

  दश वर्र्षेे माओवादी जनयुद्ध र २०६२।०६३ को जनआन्दोलनपछि माओवादी र सरकारबिच शान्ति सम्झौता भएसँगै युद्ध रोकिएको हो । युद्धपछिको शान्ति स्थापनाका लागि कतिपय व्यवस्थापन गरिनुपर्ने कुरा भने अझै बाँकी नै छन् । देश शान्ति प्रक्रियामा गएता पनि अस्थीर राजनीतिकका कारण देशमा शान्ति, अमनचयन र सुुरक्षाको पूर्ण अनूभुति गर्न नेपाली जनताले अझै पाएका छैनन् ।  यस शान्ति दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सबैसँगै हिँड्नका लागि एकअर्कोले हातमा हात मिलाउनु पर्ने बताएका छन् । हरेक मानिसको आत्मसम्मान र समानताका लागि एकअर्काले सहयोग गर्नु पर्ने मुनको भनाइ रहेको छ । यस्तै सामाजिक असमानता, वातावरणीय क्षयिकरण, रोग, भ्रष्टाचार, रंगभेदसहितका कुरा शान्तिका विरोधी रहेकाले त्यसलाई जित्नु पर्नेमा उनको जोड थियो ।

दिवसकै अवसरमा शान्ति तथा पुनःर्निर्माण मन्त्री सीता देवी यादवले शुभकामना दिँदै लामो समयको द्वन्द्व र त्यसपछिको संक्रमणकाललाई व्यवस्थापन गर्न लागि परेको र यसमा सबैको साथको खाँचो रहेको बताएकी छन् । । दीगो शान्तिका लागि आफूहरु निरन्तर प्रयासमा रहेको उनको धारणा थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ