असोज ५ पर्वत ।
अन्तराष्ट्रिय शान्ति दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।  दिवसको अवसरमा “दिगो शान्ति ः राष्ट्र विकासको आधार” भन्ने नाराका साथ स्थानीय शान्ति समिति पर्वतले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।  विहान प्रभातफेरी तथा मावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५ पर्वत ।
अन्तराष्ट्रिय शान्ति दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।  दिवसको अवसरमा “दिगो शान्ति ः राष्ट्र विकासको आधार” भन्ने नाराका साथ स्थानीय शान्ति समिति पर्वतले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।  विहान प्रभातफेरी तथा मावि"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शान्ति दिवसमा माविस्तरीय वक्तृत्वकला

५ आश्विन २०७३, बुधबार १३:४१

असोज ५ पर्वत ।
अन्तराष्ट्रिय शान्ति दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।  दिवसको अवसरमा “दिगो शान्ति ः राष्ट्र विकासको आधार” भन्ने नाराका साथ स्थानीय शान्ति समिति पर्वतले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।  विहान प्रभातफेरी तथा माविस्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरी शान्ति समितिले शान्ति दिवस मनाएको हो । कार्यक्रममा प्रम्ुख अतिथि रहेका प्रजिअ शम्भु प्रसाद मरासिनीले स्थायी शान्तिका लागि यससँग सम्बन्धित सबै पक्षको न्यायोचित व्यवस्थापन हुनुपर्नेमा जोड दिए । उनले दिगो शान्तिको लागि राजनीतिक दल तथा सरोकारवाला निकायहरु गम्भिरताका साथ लाग्नुपर्ने बताए । अर्को वक्ता पत्रकार महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्माले सामाजिक तथा जनजीविकामा पनि प्रभाव पार्ने गरी स्थिरता आए मात्रै दीगो शान्ति स्थापना हुने बताए ।

  बक्तृत्वकला  प्रतियोगितामा नमूना आवसिय मावि कुश्माकी प्रतिशा सुवेदी प्रथम, नारायण उमाविकी सदिक्षा आचार्य द्धितिय र कालीगण्डकी एकेडेमीका मनिष शर्माले तृतीय स्थान हासिल गरे । स्थानिय शान्ति समितिका संयोजक मनोहर वि पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत पूर्व संयोजक प्रकाश पौडेल र संचालन कार्यालय सचिव किशोर सापकोटाले गरेका थिए । संयुक्त राष्ट्रसंघको ५५औं साधारण सभाले सन् २००० देखि हरेक वर्ष सेप्टेम्बर २१ का दिन अन्तर्रा्ष्ट्रिय शान्ति दिवस मनाउने घोषणा गरेको भए पनि नेपालमा भने २०६५ देखि दिवस मनाउन थालिएको हो ।

  दश वर्र्षेे माओवादी जनयुद्ध र २०६२।०६३ को जनआन्दोलनपछि माओवादी र सरकारबिच शान्ति सम्झौता भएसँगै युद्ध रोकिएको हो । युद्धपछिको शान्ति स्थापनाका लागि कतिपय व्यवस्थापन गरिनुपर्ने कुरा भने अझै बाँकी नै छन् । देश शान्ति प्रक्रियामा गएता पनि अस्थीर राजनीतिकका कारण देशमा शान्ति, अमनचयन र सुुरक्षाको पूर्ण अनूभुति गर्न नेपाली जनताले अझै पाएका छैनन् ।  यस शान्ति दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सबैसँगै हिँड्नका लागि एकअर्कोले हातमा हात मिलाउनु पर्ने बताएका छन् । हरेक मानिसको आत्मसम्मान र समानताका लागि एकअर्काले सहयोग गर्नु पर्ने मुनको भनाइ रहेको छ । यस्तै सामाजिक असमानता, वातावरणीय क्षयिकरण, रोग, भ्रष्टाचार, रंगभेदसहितका कुरा शान्तिका विरोधी रहेकाले त्यसलाई जित्नु पर्नेमा उनको जोड थियो ।

दिवसकै अवसरमा शान्ति तथा पुनःर्निर्माण मन्त्री सीता देवी यादवले शुभकामना दिँदै लामो समयको द्वन्द्व र त्यसपछिको संक्रमणकाललाई व्यवस्थापन गर्न लागि परेको र यसमा सबैको साथको खाँचो रहेको बताएकी छन् । । दीगो शान्तिका लागि आफूहरु निरन्तर प्रयासमा रहेको उनको धारणा थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी