एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Posted on: 04 Jul, 2023

असार १९, काठमाडौं | मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियाविरुद्ध ब्याटिङ गर्दैछ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन्।

३५ ओभरको खेलमा नेपालले टस जितेर  पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर फाइनलमा स्थान बनाएको हो |

यस आघि नेपालले मलेसियाबीच भएको खेलमा नेपालले मलेसियालाई ८४ रनको फराकिलो जित निकालेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!