२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियालाई २२२ रनले हराउँदै नेपालले उचाल्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

२०८०, १९ असार मंगलवार ०५:५७

असार १९, काठमाडौँ | नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।

मलेसियामा सम्पन्न खेलमा नेपालले २२२ रनको विशाल जितसहित उपाधि उचालेको हो ।

घरेलु टोलीलाई नेपालले २ सय ५३ रनको लक्ष्य दिएको थियो ।


तर मलेसियाले अलआउट हुनुपूर्व १४.५ ओभरमा ३१ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि अभिशेख तिवारीले ५ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले जम्मा ७ रन मात्रै दिए ।

यस्तै, सन्तोष यादवले ३ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए । यस्तै सागर गैरेले ५ ओभरमा १३ रन दिएर १ विकेट लिए ।

अशोक धामीले १ विकेट लिए ।

यसअघि नेपालले निर्धार ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए ।

यस्तै निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा