असार १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले सातौं विकेट गुमाएको छ ।
सातौं विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनले ३८ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ४४ रन बनाए । उनको विकेट बेरी म्याकार्थीले लिएका हुन् ।
यो खबर तयार पार्दा सम्म नेपालले ३८.३ ओभरमा एक सय ७५ रन बनाएको छ ।