६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसंग, सन्दीप र दीपेन्द्र नखेल्ने

२२ असार २०८०, शुक्रबार १२:०४

असार २२, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता अर्को हप्ता श्रीलंकामा सुरु हुँदैछ । जुलाई १३ देखि २३ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ ।  प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।  प्रतियोगितामा नेपालका राष्ट्रिय टोलि सहित टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानका 'ए' टोली, युएई र ओमन रहने छन्  |  नेपाल प्रतियोगिताको समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । 

प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्ताको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, श्रीलंकाको ‘ए’ टोली र ओमान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुलाई १४ तारिखमा पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । सोही दिन भारतको ‘ए’ टोली र यूएईबीच खेल हुनेछ । नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल १९ तारिखमा यूएईसँग खेल्नेछ । समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् । 

प्रतियोगिताको दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुनेछ । एसीसी इमर्जिङ टिम एसिया कपको यो पाँचौं संस्करण हो ।

नेपालका दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् । ग्लोबल टी-२० क्यानडा लिग जुलाई २० देखि अगष्ट ६ सम्म हुनेछ । जसमा नेपालबाट सन्दीप र दीपेन्द्र छनोट भएका छन् ।  दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो भने सन्दीप सर्रे जागुअरमा अनुबन्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने