५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न जाने नेपाली टोलीको आज बिदाइ

२५ असार २०८०, सोमबार ०७:३३

असार २५, काठमाडौं | श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

आज नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । आजै टोली श्रीलंका प्रस्थान गर्ने छ ।

समूह बी मा नेपाल, पाकिस्तान ए, भारत ए र यूएई रहेको छन् भने समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान रहेको छ |

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान 'ए' सँग खेल्नेछ | भने दोस्रो खेल जुलाई १७ मा भारत 'ए' सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । 

रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल,  गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो छन् ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।

 टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई टिममा राखिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिएका छन् ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भने ग्लोबल टी-२० लिग क्यानडा खेल्न जाने भएकाले टिममा छैनन् । यस्तै ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता